अस्पतालमा बिरामीको चाप बढ्दै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २७, २०७४
|
|
५० पटक हेरिएको
Shares
अस्पतालमा बिरामीको चाप बढ्दै

सारांश

  • राजविराज, २७ भदौ ।
  • वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण यहाँ विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन् ।
  • केही दिनदेखि बढेको गर्मीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विभिन्न रोगका संक्रमित बिरामीको चाप बढेको छ ।

राजविराज, २७ भदौ । वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण यहाँ विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन् ।

केही दिनदेखि बढेको गर्मीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विभिन्न रोगका संक्रमित बिरामीको चाप बढेको छ ।

सो अस्पतालमा आजभोलि भाइरल ज्वरो, ज्वरो, झाडापखाला, रुघाखोकी र सर्पदंशलगायतका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

गर्मी बढेसँगै अञ्चल अस्पतालमा दैनिक ८० देखि ९० जनासम्मका विभिन्न रोगका बिरामी आउने गरेको अस्पतालबाट थाहा भएको छ ।

पच्चीस शय्याको सो अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्याको समेत अभाव भएको बताइएको छ ।

शय्याको अभाव भएपछि अधिकांश बिरामीलाई भुँइमै राखेर उपचार गराउन बाध्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

गर्मी बढेसँगै जिल्लामा रहेका एक सरकारी अस्पतालसहित, चार स्वास्थ्य केन्द्र र १११ वटा स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरो तथा टाइफाइडका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यस्तै, जिल्लाका निजी अस्पतालमा समेत भाइरल ज्वरो, झाडापखाला, रुघाखोकीका बिरामी उपचारका लागि भर्ना भएको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेश हमालको पनि युट्युव च्यानल
राजेश हमालको पनि युट्युव च्यानल
पुस १७ गते विहिबारको राशिफल यस्तो छ
पुस १७ गते विहिबारको राशिफल यस्तो छ
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
प्रधानमन्त्री ओलीको निजी चिकित्सकलाई कोरोना संक्रमण
प्रधानमन्त्री ओलीको निजी चिकित्सकलाई कोरोना संक्रमण
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
नवराज सिलवालबारे मुख खोल्यो ललितपुर प्रहरीले
नवराज सिलवालबारे मुख खोल्यो ललितपुर प्रहरीले
प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार, प्रचण्डले दिए दुई विकल्प
प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार, प्रचण्डले दिए दुई विकल्प
संचार देखि गाएन् मा ईश्वरी :भन्दैछिन लाभ पर्न सक्छ फेरी
संचार देखि गाएन् मा ईश्वरी :भन्दैछिन लाभ पर्न सक्छ फेरी
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल
फिल्ममा आउनु अघि के गर्थे यी बलिउड स्टार ?
फिल्ममा आउनु अघि के गर्थे यी बलिउड स्टार ?

तपाईंले छुटाउनुभयो कि?