चौरी चराउन गएका दुइजना नफर्किए पछि

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
चौरी चराउन गएका दुइजना नफर्किए पछि

सारांश

  • ताप्लेजुङ ,मंसिर १ २०७४-फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका राजनीतिक दल तथा कर्मचारी दुइजना मतदाताको पर्खाइमा बसेका छन् ।
  • गाउँमा भएका सबै ९४ जनाले मतदान गरिसके पनि चौरी चराउन गएका दुइजना नफर्किएका कारण उनीहरु बुथ रुंगेर बसेका छन् ।
  • फक्तालुङ गाउपालिकाका प्रबक्त्ता तथा ओलाङचुङगोलाका वडा सदस्य छेतेन वालुङका अनुसार तेञ्जिङ शेर्पा र दावा शेर्पाले आएर मतदान गरे बुथ बन्दगर्न तुरुन्तै सहमति हुन्छ ।
ताप्लेजुङ ,मंसिर १
२०७४-फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका राजनीतिक दल तथा कर्मचारी दुइजना मतदाताको पर्खाइमा बसेका छन् । गाउँमा भएका सबै ९४ जनाले मतदान गरिसके पनि चौरी चराउन गएका दुइजना नफर्किएका कारण उनीहरु बुथ रुंगेर बसेका छन् ।

फक्तालुङ गाउपालिकाका प्रबक्त्ता तथा ओलाङचुङगोलाका वडा सदस्य छेतेन वालुङका अनुसार तेञ्जिङ शेर्पा र दावा शेर्पाले आएर मतदान गरे बुथ बन्दगर्न तुरुन्तै सहमति हुन्छ । ‘अरु आउने सम्भावना नभएकाले चिसोमा रुँगेर बस्नको अर्थ हुँदैन थियो । तर, दुइजनाको पर्खाइमा बसेका छौं’ छेतेनले भने, ‘उनीहरु मौवाटारमा चौरी फर्काउन गएका थिए, भेटेनन् की किन हो आएनन् ।’

सञ्चार सुविधा नभएकाले उनीहरुलाई चाँडो आउ भनेर बोलाउने यात आउने/नआउने निधो गर्ने उपाय छैन । गोलामा ५० महिला र ४४ पुरुषले मतदान गरेका छन् । यहाँ स्थानीय तहमा १ सय ३१ मत खसेको थियो । तेञ्जिङ र दावा आए स्थानीय तहको तुलनामा ३५ मत कम झर्नेछ । उनीहरु नआए ३७ मत कम हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको विजय सुरुवात रुकुमबाट !
माओवादी केन्द्रको विजय सुरुवात रुकुमबाट !
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त
कम्युनिस्ट एकताको परिणाम:  स्वाधीनता ,समृद्धि र समाजवाद
कम्युनिस्ट एकताको परिणाम: स्वाधीनता ,समृद्धि र समाजवाद
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु
७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु
एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुमा सार्वजनिक गर्दै
एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुमा सार्वजनिक गर्दै
राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जान्छ:  प्रचण्ड
राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जान्छ: प्रचण्ड
महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित !
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
विदेशी कामदारका लागि कतारको ६ बुँदे मार्गनिर्देशन, के के भयो सुधार?
विदेशी कामदारका लागि कतारको ६ बुँदे मार्गनिर्देशन, के के भयो सुधार?

तपाईंले छुटाउनुभयो कि?