एकहप्ताभित्र प्रक्रिया अगाडि बढाउने राजपालाई प्रधानमन्त्रीको आश्वासन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
एकहप्ताभित्र प्रक्रिया अगाडि बढाउने राजपालाई प्रधानमन्त्रीको आश्वासन

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले राजपाले उठाउँदै आएको मागका विषमया एकहप्ताभित्र प्रक्रिया अगाडि बढाउने आश्वास दिएका छन्।
  • संविधान संशोधन, मधेस आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको सपथ ग्रहणलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन गएका राजपा अध्यक्ष मण्डलका शीर्ष नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सबै विषयमा एक हप्ताभित्र प्रक्रिया सुरु गर्ने बताएका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले राजपाले उठाउँदै आएको मागका विषमया एकहप्ताभित्र प्रक्रिया अगाडि बढाउने आश्वास दिएका छन्। संविधान संशोधन, मधेस आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको सपथ ग्रहणलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन गएका राजपा अध्यक्ष मण्डलका शीर्ष नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सबै विषयमा एक हप्ताभित्र प्रक्रिया सुरु गर्ने बताएका हुन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र राजपा अध्यक्ष मण्डलका शीर्ष नेताबीच भएको बैठकमा प्रधानमन्त्री ओलीले राजपाले उठाउँदै आएका मागका विषयमा एक हप्ताभित्र प्रक्रिया सुरु गर्ने बताएको राजपा महामन्त्री केशव झाले जानकारी दिए।

सरकारलाई बाहिरै बसेर समर्थन गर्दै आएको राजपाले आफूहरुको माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी दिँदै आएको थियो। दशैं अगाडि नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो माग सम्वोधन नभए छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएको राजपाभित्रै पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने नदिने विषयमा मनभेद थियो।

मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकार राजपाका मागका सम्बन्धमा गम्भीर रहेको उल्लेख गर्दै संविधान संशोधन, मुद्दा फिर्ता, बन्दी रिहाइ, रेशम चौधरीको सपथ ग्रहण, छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्नेलगायतका विषयका विषयमा एकहप्ताभित्र अन्य पक्षसँग छलफल गरेर फेरि बोलाउने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

राजपा नेताहरुले आफूहरुका समग्र माग प्याकेजमै सहमति हुनुपर्ने अडान राखेका थिए। प्रधानमन्त्री ओलीले आफू राजपाले उठाएका मागप्रति सकारात्मक र संवेदनशील भएको उल्लेख गर्दै यी समग्र विषयमा एक हप्तासम्म छलफल र अध्ययन गर्ने र त्यसपछि बैठक भनेर ठोस जवाफ दिने बताएका थिए।

‘संविधान संशोधनलगायतका विषयमा सरकार सकारात्मक छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दैै एक नेताले भने, ‘तपाइँहरुले उठाएका समग्र विषयमा म पार्टी र सरकारका मन्त्रीसँग पछि छलफल गर्छु। त्यसकालागि मलाइ एक हप्ताको समय दिनुस्। त्यसपछि फेरि बसेर समस्या समाधानमा केन्द्रित बनौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?