आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीका पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालमाथि अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले गहन छानबिन गरी १३ पाने विवरण भरेर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिसकेपछि रातरात उजुरी नै तामेलीमा राखेको खुलासा भएको छ ।
  • अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले २०७४ माघ २९ गते कार्यकाल सकिनु एक साता अघि अर्यालको उजुरी तामेलीमा राखेका थिए ।

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालमाथि अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले गहन छानबिन गरी १३ पाने विवरण भरेर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिसकेपछि रातरात उजुरी नै तामेलीमा राखेको खुलासा भएको छ ।

अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले २०७४ माघ २९ गते कार्यकाल सकिनु एक साता अघि अर्यालको उजुरी तामेलीमा राखेका थिए । अख्तियारको उजुरी तामेलीमा राखेर भ्रष्टाचारको मुद्दामा जेल जानबाट रोक्न सफल भएका छन् । तर पूर्वआइजीपी अर्यालका छोरा डा. आयुष अर्यालमाथि पोखराको मणिपाल कलेजमा डा.अनिमेष ठाकुरको हत्याको आरोप लागेको छ ।

छोरालाई हत्या आरोपबाट बचाउन उपेन्द्रकान्त अर्यालले पदको शक्ति दुरुपयोग गरी कास्की प्रहरीलाई किटानी जाहेरी नै लिनबाट रोकेका थिए भने भने पोष्टमार्टम रिपोर्टमै चलखेल गरेका थिए । त्यतिलेमात्र नपुगी महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठलाई प्रयोग गरी मुद्दा चल्न नसक्ने निर्णय गराएको खुलेको छ ।

अर्याल आइजीपीबाट अवकाश हुनु एक महिनाअघि २०७३ माघमा महान्याधिवक्ता कार्यालयबाट सुटुक्क आयुष अर्यालमाथि मुद्दा नचल्ने निर्णय गरिएको कुरा अनिमेषका बाबु डा. जीडी ठाकुरले ३ महिनापछि मात्र कुनै एक शुभचिन्तकमार्फत् थाहा पाए । रमणकुमार श्रेष्ठले उपेन्द्रकान्तको छोरामाथि मुद्दा नलाग्ने निर्णय गोप्यरुपमा गरी फाइल लुकाएको आरोप छ ।

डा. जीडी ठाकुरले थाहा पाएपछि महान्यायाधिवक्ता कार्यालयमा प्रतिलिपि माग्न जा“दा दिन मानेनन् । निकै करकापमा प्रतिलिपि दिन महान्यायाधिवक्ता कार्यालयका कर्मचारी बाध्य भएका थिए । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले अनिमेष ठाकुरको हत्याको अनुसन्धान गर्दा ठोस प्रमाण नभएकाले आयुष अर्यालमाथि मुद्दा नचल्ने नदेखिएको निर्णय गरेको छ । उपेन्द्रकान्त अर्यालले रमणकुमार श्रेष्ठलाई ठूलै रकम घुस दिएर महान्यायाधीवक्ता कार्यालयबाट गोप्य रुपमा निर्णय गराएको आरोप छ ।

पीडित पक्षलाई एकपटक पनि नबोलाई थाहासमेत नदिई अनुसन्धान गरी मुद्दा नचल्ने निर्णय रमणकुमार श्रेष्ठले गरेकोे अनिमेषका बाबु डा. जीडी ठाकुरले बताएका छन् । ठाकुरको प्रश्न छ–किटानी जाहेरी दिने पीडित परिवारस“ग सोध्दै नसोधी कसरी अनुुसन्धान ग¥यो महान्यायाधीवक्ता कार्यालयले ? महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध डा. जीडी ठाकुरले सर्वोच्च अदालतमा कारण देखाउ आदेश जारी गर्न माग गर्दै मुद्दा दायर गरेका थिए । त्यो मुद्दामा सर्वोच्च अदालतले २०७५ बैशाख ७ गते झगडिया झिकाउन आदेश दिएको छ ।

कास्की प्रहरीले किटानी जाहेरी लिन नमानेको मुद्दा पुनरावेदन अदालतले खारेज गरेपछि त्यसविरुद्ध दिएको मुद्दामा पनि २०७५ बैशाख १३ मै सर्वोच्च अदालतले पेशी तोकेको छ । अनिमेष ठाकुरको मृत्युपछि परिवारले दिएको उजुरी किन दर्ता नगरेको भनेर अदालतले प्रहरीस“ग कारण मागेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका छोरा डा. आयुषको नाममा प्रहरीले किटानी जाहेरी लिन नमानेपछि ठाकुर परिवार अदालत गएको थियो ।

अब सर्वोच्च अदालतले न्याय दिने अपेक्षा डा. जीडी ठाकुरले गरेका छन् । ‘उपेन्द्रकान्त अर्यालका छोराले मेरो त जिन्दगी बर्बाद गरिदिए’ एमडी गरेको छोरो गुमाएका डा. ठाकुर अहिले पनि भक्कानिंदै भन्छन्–‘सर्वोच्च अदालतले दोषीलाई संजाय दिएर न्याय दिने अपेक्षा गरेको छु ।’
मणिपाल कलेजमा अध्ययनरत डा.अनिमेष ठाकुरको २०७२ असार १९ मा सोही कलेजको तीन तलामाथिबाट खसेर मृत्यु भएको थियो ।

प्रहरी महानिरीक्षक अर्यालका छोरा आयुष र स्वास्थ्य मन्त्रालयका तत्कालीन सहसचिव डा. गरिबदास ठाकुरका छोरा अनिमेष सहपाठी र घनिष्ट मित्र थिए । उनीहरूकै मिल्ने साथी डा. प्रतिसा बस्ने घरको छतबाट खसेर १९ असारमा अनिमेषको मृत्युपछि परिवारले अनुसन्धान गर्न माग गरिरहेको छ । छोराको हत्या भएको हुनसक्ने भन्दै डा. ठाकुरले जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीमा किटानी उजुरी दर्ता गराउन खोजेका थिए ।

ठाकुरका बाबु डा. गरिबदास ठाकुरले आफ्नो छोराको हत्या भएको किटानी जाहेर कास्की प्रहरीले लिन नमानेपछि उनले पुनरावेदन अदालत(हाल उच्च)ंमा मुद्दा दिए । उच्च अदालतले प्रहरीलाई मुद्दा दर्ता नगरेकोबारेमा जानकारी माग्दा जाहेरी लिएको जवाफ दियो । तर यता प्रहरीले जाहेरी नलिएपछि ठाकुरले सर्वोच्च अदालतमा मुद्दा दिएका थिए । महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले गरेको मुद्दा नचल्ने निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको  छ ।

-साँघु साप्ताहिकबाट

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Bhavishwor Pandey

    galat.chalaunuparx

    Comment Author

    Chhatra Tiruwa

    galar kura oli le naka danbi kholna kashlai shobhe janta lai teshto manxe kam lakxan tar tapai jashtho apishar apishar ibia lai kam aauxa

    Comment Author

    Rudra Bahadur Karki

    मलाइ राजतन्त सम्झान आय जस्को भैसी उसैको लौहुरो

    Comment Author

    Shy Milan Rai

    A vane paxi i g p ko xoralai chai kanun lagdain?????garib jantaka xora xori nimukhalai matra ho kanun ???

    Comment Author

    Aanand Kumar Baskota

    Galat, Niyam Kanun Sabai lae lagnu pary,

    Comment Author

    Lal Singh Lal

    Kin chlaudaen kanun Brabr sabaekolagi ho

    Comment Author

    Gaurav Gaurav

    Ei ho thUla bada lai kei hudina nepal ma jasle jati khoke pni

    Comment Author

    Ram Babu Poudel

    यो रमन कुमार देसको लागि घातक तत्तो हो ठुला बढालाइ बचायेर सानालाइ कानुनको दायेरामा ल्याउने हो तुरुन्त कारबाही होस जो बयेनी गल्ती गरे पछि सजाये भोग्नै पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?