आए चन्द्र शर्मा र आयुशा राई “माया हो…” लिएर बजारमा (भिडियो पनि)
सारांश
- केशरमान बुढाथोकी दाङ, १६ साउन ।
- गीतसंगीत त्यस्तो चीज हो, जसले जोकोहीको मनमस्तिष्क च्वास्स छुन्छ ।
- गीत संगीत सुनेर मन्त्रमुग्ध नहुने त बिरलै होलान् तर अर्कालाई आनन्दानुभूति गराउने कलाकार जोकोही बन्न सम्भव छैन ।
केशरमान बुढाथोकी
दाङ, १६ साउन । गीतसंगीत त्यस्तो चीज हो, जसले जोकोहीको मनमस्तिष्क च्वास्स छुन्छ । गीत संगीत सुनेर मन्त्रमुग्ध नहुने त बिरलै होलान् तर अर्कालाई आनन्दानुभूति गराउने कलाकार जोकोही बन्न सम्भव छैन ।
जोसँग जन्मजात केही त्यस्ता गुण हुन्छन्, त्यो मात्र राम्रो कलाकार बन्न सक्छ । कलाकारिता क्षेत्रमा रमाउने त धेरै हुन्छन् तर स्थापित कलाकार हुन लगातारको त्याग, तपस्या चाहिन्छ ।
नेपाली साङ्गीतिक आकाशमा असंख्य ताराहरु उदाएका छन् । तीमध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । गीत संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल गायक चन्द्र शर्मा र गायिका आयुशा राईले पश्चिमेली टिपिकल भाखा “माया हो पुच्छर डोलाउँदै” तीज गीत लिएर बजारमा आएका छन् ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा गायक चन्द्र शर्मा र गायिका आयुशा राईको स्वरमा सजिएको यो कर्णप्रिय गीतमा शब्द लोकदोहोरी गायक सुवास केसी र लय÷संगीत झलक संगीतम्को छ । उक्त गीतमा गायक तथा मोडल रामजी खाँड र आयुशा राईले अभिनय गरेका छन् ।
गाँउघरमा चलनचल्तीमा रहेका पुराना शब्द र लयमा सजिएको गीतले पश्चिम नेपालको नारीहरुको आवाज बोकेको छ ।
प्रतिक्रिया