आजदेखि गुगल प्लस बन्द

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
आजदेखि गुगल प्लस बन्द

सारांश

  • काठमाडौं १९ चैत्र ।
  • संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ।
  • सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो।

काठमाडौं १९ चैत्र । संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ।सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो।तर गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन्।

सन् २०११ को अन्त्यतिरै यसका आलोचकहरूले यसको मृत्युुको घोषणा गरिसकेका थिए, तर गुगलले सन् २०१८ मा यसका तथ्याङ्क चोरी भएको सार्वजनिक भएपछि मात्रै यसलाई बन्द गर्ने निर्णय गरेको थियो।

सन् २०११ मा आमन्त्रणबाट मात्रै खाता खोल्न सकिने गरि गुगल प्लस शुरू भएको थियो। वर्षको अन्त्यमा यो सबैका लागि खुला गरिएको थियो।सामाजिक सञ्जालमा जस्तो लेख्न र तस्बिरहरू सेअर गर्न मिल्ने सुविधा यसमा थियो।

तर गुगलले यसलाई ुसामाजिक तहुको रूपमा परिभाषित गरेको थियो, जुन यसका अन्य सबै उत्पादनहरूसँग जोडिएको थियो।साथीहरूलाई सर्कलुको आधारमा समूह विभाजन गर्न मिल्ने र ह्याङ्गआउटु भनिने समूहगत भिडिओ कल गर्न मिल्ने यसका मुख्य सुविधाहरू थिए।

सार्वजनिक गरिएको केही हप्तामै यसमा लाखौं प्रयोगकर्ताहरू जोडिएका थिए। तर तीमध्ये एकदमै कम प्रयोगकर्ताले मात्रै यसलाई प्रयोग गर्नु नै यसको समस्या बन्यो। मैले खोल्थेँ र खालि पाना मात्रै देख्थेँ,पाउल टस्सीले फोर्ब्समा एक हप्तापछि नै लेखेका थिए। यो ठूलो र खाली उजाड स्थान थियो, जहाँ धेरै मानिसहरूले पाइला टेके तर के रहेछ भनेर बुझ्ने प्रयास गरेनन्।

गुगल प्लस पहिलो दिनदेखि नै असफल हुने खालको थियो,सामाजिक सञ्जाल सल्लाहकार म्याट नाभारा भन्छन्।यसको अनुहार, फेसबुक चर्चित भइसकेको अवस्थामा यसको आगमन, बुझ्न गार्हो अनुभव र गुगलभित्रै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेको असहमतिले यसलाई असर गर्‍यो।

गुगल प्लसमा उपनाम प्रयोग गर्न नपाइने कडा नीति थियो र कसैले आफ्नो नाम प्रयोग नगरेमा जीमेल समेत निलम्बन हुने व्यवस्था थियो।गुगलले यसलाई सफल बनाउन सन् २०१३ मा यसलाई युट्युबसँग जोड्यो र युट्युबको भिडिओमा प्रतिक्रिया लेख्न गुगल प्लस खाता अनिवार्य बनायो।

गुगल प्लेस्टोरमा मोबाइल एपहरूमा प्रतिक्रिया व्यक्त गर्न पनि गुगल प्लस खाता अनिवार्य थियो।यसपछि युट्युबमा गरिएका लाइकहरू गुगल प्लसमा देखिन थालेपछि यसमा क्रियाकलापहरू देखिन थाले। र गुगलले यसको प्रयोगकर्ता पचास करोड पुगेको दाबी ‍ गर्‍यो।एप्रिल २०१४ मा गुगल प्लसका संस्थापक भिक गुन्ठोत्राले गुगल छोडे।त्यसपछि गुगल प्लसका सफल सुविधाहरू ह्याङ्गआउट र फोटोज छुट्टै प्रयोग गर्न मिल्नेगरी बनाइयो।

प्लेस्टोर र युट्युबबाट पनि यसलाई बिस्तारै छुट्टाइयो र त्यसपछि सन् २०१८ मा ठूलो मात्रामा यसका तथ्याङ्क चोरिएको पुष्टि भएपछि यसको अन्त्य हुने निश्चित भयो।बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित
निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
  नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट
  नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट
पर्वतमा शिक्षक पक्राउ सार्वजनिक अपराधमा मुद्दा चलाइने
पर्वतमा शिक्षक पक्राउ सार्वजनिक अपराधमा मुद्दा चलाइने
पार्टीभित्रै विरोध भएपछि यसरी पछि हटे बामदेव
सम्बन्ध सुधार्दै पारस शाह
सम्बन्ध सुधार्दै पारस शाह
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
क्यानडाविरुद्धको सिरिज तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा
क्यानडाविरुद्धको सिरिज तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो ःओली
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो ःओली
के गर्न खोज्दै थिए भारतिय सिआईबीका दुई सुटर काठमाडौंमा ? किन पड्काए गोली ?
के गर्न खोज्दै थिए भारतिय सिआईबीका दुई सुटर काठमाडौंमा ? किन पड्काए गोली ?

तपाईंले छुटाउनुभयो कि?