आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध !हेर्नुहोस कुन कुन परे लिस्ट्मा

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ११, २०७४
|
|
५१ पटक हेरिएको
Shares
आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध !हेर्नुहोस कुन कुन परे लिस्ट्मा

सारांश

  • अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ राष्ट्रका नागरिकहरूलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध लगाएका छन् ।
  • राष्ट्रपति ट्रम्पले उत्तर कोरिया इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाद र भेनेजुएलाका नागरिकलाई अमेरिका भ्रमण गर्न रोक लगाएका हुन् ।
  • यसअघि ट्रम्पले पाँच राष्ट्रका नागरिकलाई अमेरिका छिर्न रोक लगाएका थिए ।

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ राष्ट्रका नागरिकहरूलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध लगाएका छन् । राष्ट्रपति ट्रम्पले उत्तर कोरिया इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाद र भेनेजुएलाका नागरिकलाई अमेरिका भ्रमण गर्न रोक लगाएका हुन् । यसअघि ट्रम्पले पाँच राष्ट्रका नागरिकलाई अमेरिका छिर्न रोक लगाएका थिए । आइतबार ह्वाइटहाउसमा नयाँ अन्तर्राष्ट्रिय कूटनीति सार्वजनिक गर्दै ट्रम्पले उत्तर कोरिया, चाद र भेनेजुएलाका नागरिकलाई प्रतिबन्ध लगाएको विज्ञप्तिमा भनिएको छ । यो नियम १८ अक्टोबरबाट लागू हुनेछ ।

 

अमेरिकालाई सुरक्षा खतरा
इरान र अमेरिकासँगको सम्बन्ध राम्रो छैन । इरान र उत्तर कोरियाले अन्तर्राष्ट्रिय दबाबका बाबजुद शक्तिशाली आणविक हातहतियार परीक्षण गरिरहेका छन् । त्यस्ता राष्ट्रका नागरिक अमेरिकामा प्रवेश हुँदा सुरक्षा चुनौती बढ्ने जनाउँदै प्रतिबन्ध लगाइएको ह्वाइटहाउसको भनाइ छ । ‘ती आठ राष्ट्रका नागरिकलाई रोक्नुको विशेष कारण नै सुरक्षा खतरा हो,’ विज्ञप्तिमा भनिएको छ । यता राष्ट्रपति ट्रम्पले अमेरिकालाई आतंककारी आक्रमणबाट रोक्न निर्णय लिएको बताएका छन् । ‘अमेरिकाले आफ्नो सुरक्षाका लागि र अमेरिकालाई आतंककारी आक्रमणबाट रोक्न यो निर्णय लिइएको हो,’ ट्रम्पले भने, ‘अमेरिकालाई सुरक्षित बनाउन मेरो पहिलो प्राथमिकता हो, आतंककारी गतिवधि बढाउन सक्ने राष्ट्रका नागरिकलाई रोक्नु अनिवार्यता हो ।’

अमेरिकालाई सुरक्षित बनाउनु मेरो पहिलो प्राथमिकता हो, आतंककारी गतिविधि बढाउन सक्ने राष्ट्रका नागरिकलाई रोक्नु अनिवार्यता हो -राष्ट्रपति ट्रम्प

भेनेजुएलामाथि लचिलो
राष्ट्रपति ट्रम्पले भेनेजुएलाका नागरिकलाई पनि अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाए पनि उनी लचिलो देखिएका छन् । ट्रम्पले भेनेजुएलाका सरकारी एजेन्सीमा काम गर्ने नागरिक, गृह मन्त्रालयका अधिकारी तथा सेनाका अधिकारीलाई अमेरिका प्रवेश गर्न रोक लगाएको बताएका छन् । यसबाहेक आमनागरिकाहरू अमेरिका छिर्न सक्ने उनको भनाइ छ ।

ग्रिनकार्ड पाएका सुरक्षित
अमेरिकामा रही ग्रिनकार्ड पाएका प्रतिबन्धमा परेका आठ नागरिक भने सुरक्षित छन् । अमेरिकाले ग्रिनकार्ड पाएका ती राष्ट्रका नागरिकका हकमा केही नियम लागू नहुने जनाएको छ । उनीहरूले स्वतन्त्र रूपले आफ्नो भ्रमण गर्न पाउनेछन् । यता अमेरिकाले अध्ययन गरिरहेका इरानी विद्यार्थीमाथि थप नियम लागू गरेको छ । त्यस्ता विद्यार्थी आफ्नो मातृभूमिमा जाँदा र अमेरिका फर्कंदा अनुसन्धानको घेरामा पर्न सक्छन् ।

कोरिया र चादका नागरिकलाई पूर्ण प्रतिबन्ध
आठमध्ये उत्तर कोरिया र चादका नागरिकलाई अमेरिका छिर्न पूर्ण रूपले प्रतिबन्ध लगाइएको सिएनएनले जनाएको छ । उत्तर कोरियाले गत महिना हाइड्रोजन बम परीक्षण गरेपछि अमेरिकाले त्यसको प्रतिकार गरेको थियो । अमेरिकाको चेतावनीपछि पनि उत्तर कोरियाले एकपटक आणविक परीक्षण गरिसकेको छ । साथै अमेरिकाले उत्तर कोरियामा खाद्यान्न र लत्ता कपडामा समेत आयात गर्न प्रतिबन्ध लगाएको अवस्था छ । यता दक्षिण अफ्रिकाको भूपरिवेष्ठित राष्ट्र चादलाई क्यामरुन, नाइजेरिया, लिबिया र सुडानले घेरिएको छ । दक्षिण अफ्रिकाकै सानो राष्ट्र भए पनि यहाँ अतिवादीहरूको संगठन बाक्लो छ ।

९० दिनको प्रतिबन्ध समय समाप्त

सुरुवातीक्रममा ट्रम्पले इरान, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेश गर्न नपाउने घोषणा गरेका थिए । आइतबारै ९० दिनको समयावधि समाप्त भएपछि ट्रम्पले थप तीन राष्ट्रसहित नयाँ प्रतिबन्ध समय सार्वजनिक गरेको ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अर्को व्यवस्था नभएसम्म निर्णय यथावत् रहने विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुवेतमा कामदारको अधिकार सम्बोधन गर्न नयाँ कानुन
कुवेतमा कामदारको अधिकार सम्बोधन गर्न नयाँ कानुन
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
खेलाडी विमलकी बहिनीको हत्यामा आरोपि चौधरीलाई सफाई
खेलाडी विमलकी बहिनीको हत्यामा आरोपि चौधरीलाई सफाई
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने
बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने
घूस माग्ने इन्जिनियर विरुद्ध मुद्दा दायर
घूस माग्ने इन्जिनियर विरुद्ध मुद्दा दायर
ताजा अप्डेट -अहिलेसम्मको कसले कहाँ कहाँ जिते ? हेर्नुहोस नाम लिस्ट सहित  !
ताजा अप्डेट -अहिलेसम्मको कसले कहाँ कहाँ जिते ? हेर्नुहोस नाम लिस्ट सहित !
सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही
सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही
भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे
भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे

तपाईंले छुटाउनुभयो कि?