आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौँ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्।
  •   प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको मंगलबारकाे भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको बताए।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको मंगलबारकाे भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको बताए।
“कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर केका लागि वार्ता गर्ने? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन्? बम पड्काउने, आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् ”, उनले भने, “जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानूनबमोजिम नियन्त्रणमा लिइन्छ।” 
प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा आतङ्कित पार्ने काम गरिरहेको उल्लेख गदै भने, “कम्युनिष्टले त युवालाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो, यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन्। यो हुन सक्ने कुरा होइन।” 
यही फागुन २४ गते सङ्घका अध्यक्ष रोहन गुरुङका घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न उक्त टोली आएको थियो। उनले अध्यक्ष गुरुङका घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गदै सो घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
कम्मरमा मोटोपनको जोखिम (नियन्त्रणको उपायसहित)
कम्मरमा मोटोपनको जोखिम (नियन्त्रणको उपायसहित)
1xbet Mobil Uygulama Android Ve Ios Için İndirme Ve Yükleme
प्रदेश ४ को हिउँदे अधिबेसन अन्त्य, नीति तथा कार्यक्रम र बजेट पास
प्रदेश ४ को हिउँदे अधिबेसन अन्त्य, नीति तथा कार्यक्रम र बजेट पास
मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता यस्तो छ नतिजा
मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता यस्तो छ नतिजा
राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ: अध्यक्ष नेपाल
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
बालिका बलात्कार अाराेपमा ६० बर्षे बृद्ध पक्राउ
बालिका बलात्कार अाराेपमा ६० बर्षे बृद्ध पक्राउ
मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न ः नेता पुन
मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न ः नेता पुन
तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै
तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

तपाईंले छुटाउनुभयो कि?