आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ८, २०८०
|
|
४० पटक हेरिएको
Shares
आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत

सारांश

  • भैरहवा ।
  • अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताएका छन् ।
  • नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बढाउनका लागि यस्ता वस्तुको आयातमा कर बढाइने बताए ।

भैरहवा । अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताएका छन् ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बढाउनका लागि यस्ता वस्तुको आयातमा कर बढाइने बताए ।

कृषिमा आधारित देश भए पनि कृषि उत्पादन नभएको बताउँदै उनले देशको उत्पादन बढाउने उद्देश्यसहित मूल्य अभिवृद्धि कर लागु गरिएको जानकारी दिए । “कृषिलाई उत्पादनमुखी बनाउने र कृषि उत्पादन बढाउने उद्देश्य राखी देशमा आयात हुने वस्तुमा मूल्य अभिवृद्धि कर लगाएका हौँ”, उनले भने “आलु र प्याजमा हामी करिब करिब आत्मनिर्भर भइसकेका छौँ, यसले कृषि उत्पादकहरू खुशी हुनुभएको छ ।”

अर्थमन्त्री महतले अहिले स्वार्थ समूह बलियो भएको र सबै ठाउँमै उनीहरूकै पकड रहेको उल्लेख गर्दै आफ्नो उच्च मनोबलका कारण मात्र यो दबाब थेग्न सकेको बताए । “संसद्मा हुँदै नभएको कुरा आयो, मैले त्यहीअनुसार स्पष्ट कुरा राखेँ”, उनले भने “म खुला तस्बिरका रूपमा रहेको छु, त्यसकारण मैले त्यहाँ पनि सांसदहरूलाई बुझाएको छु ।”

नेपाली कांग्रेसका केन्द्रिय प्रवक्तासमेत रहनुभएका नेता महतले कुनै व्यक्तिलाई आरोप लागेकै भरमा दोषी भन्न नमिल्ने बताए । नेपाली कांगे्रसका नेता बालकृष्ण खाँणको विषयमा पार्टीका कार्यकर्ताले सोधेको प्रश्नमा उनले कानूनको उल्लङ्घन गर्नेको कांग्रेसले कहिल्यै संरक्षण नगर्ने बताउँदै आरोपकै भरमै मात्र कार्यवाही नगर्ने स्पष्ट पारे । “रिस साँध्ने साधन नबनाई यसमा निष्पक्ष छानविन हुनपर्छ भन्ने हाम्रो धारणा हो”, उनले भने “कोही दोषी उम्किनु हुन्न, कोही निर्दोषी फस्नु पनि हुँदैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीश कार्की इजलाशबाट बाहिरिएपछि बालुवाटार असन्तुष्ट
न्यायाधीश कार्की इजलाशबाट बाहिरिएपछि बालुवाटार असन्तुष्ट
झुठो समाचार लेखेको भन्दै पत्रकार पक्राउ
झुठो समाचार लेखेको भन्दै पत्रकार पक्राउ
अमेरिकाको हवाई डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
अमेरिकाको हवाई डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब
ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
सुदूरपश्चिम प्रदेशमा छैनन्, लैङ्गिकमैत्री शौचालय
सुदूरपश्चिम प्रदेशमा छैनन्, लैङ्गिकमैत्री शौचालय
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान
काठमाडौं आएकी रोबोट ‘सोफिया’ आज कार्यक्रममा बोल्दै, के भन्लिन्!
काठमाडौं आएकी रोबोट ‘सोफिया’ आज कार्यक्रममा बोल्दै, के भन्लिन्!
के हो विपश्यना ?
के हो विपश्यना ?

तपाईंले छुटाउनुभयो कि?