आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा

सारांश

  • सोनाम डोल्मा शेर्पासौन्दर्य प्रतियोगिताहरुमा देखिने र चिनिएको नाम हो ।
  • सोलुखुम्बु जिल्लाको सोलु–दुधकुण्ड नगरपालिका–३ मा जन्मिएका उनी शारीरिक सुन्दरता, बौद्धिक क्षमताले पूर्ण सावित गर्दै सन् २०१७ का लागि ‘मिस शेर्पा’ घोषित भइन् ।
  • सन् २०१२ मा आयोजना भएको मिस शेर्पामा सहभागि भएपनि त्यसवखत उपलब्धी हासिल गर्न सकिनन् तर उनीमा ‘कुनै दिन मिस शेर्पाको ताज पहिरिएरै छाड्छु’ भन्ने आत्मविश्वास थियो ।

सोनाम डोल्मा शेर्पासौन्दर्य प्रतियोगिताहरुमा देखिने र चिनिएको नाम हो । सोलुखुम्बु जिल्लाको सोलु–दुधकुण्ड नगरपालिका–३ मा जन्मिएका उनी शारीरिक सुन्दरता, बौद्धिक क्षमताले पूर्ण सावित गर्दै सन् २०१७ का लागि ‘मिस शेर्पा’ घोषित भइन् । सन् २०१२ मा आयोजना भएको मिस शेर्पामा सहभागि भएपनि त्यसवखत उपलब्धी हासिल गर्न सकिनन् तर उनीमा ‘कुनै दिन मिस शेर्पाको ताज पहिरिएरै छाड्छु’ भन्ने आत्मविश्वास थियो । त्यो आज पूरा भएको छ । त्यस्तै, २०७३ को मिस नेपाल पिसमा वेस्ट वाल्कको उपाधी समेत जितिसकककेकी छिन् ।

२९ डिसेम्बरमा राजधानीको रोयल पाटी प्यालेशमा डिपास इन्टरनेश्नलले मिस शेर्पाको अन्तिम चरणको नतिजा घोषणा गर्दा उनले वेस्ट वाल्कको ‘सप टाइटल’ समेत हात पारिन् । १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी सोनाम डोल्मा राजधानीकै कपनमा वस्दै आएकी छन् ।

स्नातक–तह नर्सिङ चौथो सेमेस्टरमा अध्ययनरत उनी विभिन्न सामाजिक संस्थामा आबद्ध भएर समाजसेवामा पनि उत्तिकै सक्रिया छिन् । हिमालयन शेर्पा सांस्कृतीक केन्द्रमा केन्द्रीय सदस्य हुँदै अहिले सचिव पदमा रही काम गरिरहेकी उनी शेर्पा जातिको भाषा, संस्कार, संस्कृती, रितिरिवाजलाई संरक्षण, सम्बद्र्धन र बढोत्तरी दिने मामिलामा क्रियाशिल केन्द्रमा आबद्ध रहेर शेर्पा समुदायको श्रीबृद्धिका लागि महत्वपूर्ण योगदान दिइरहेकी छन् ।

शान नर्सिङ कलेजमा अध्ययनरत उनी अध्ययनलाई पहिलो प्रथामिकतामा राख्छिन् भने अन्य बौद्धिक क्षमता विकास र सौन्दर्य प्रतियोगिताहरुमा सकेसम्म भाग लिने गरेकी छन् । शेर्पा समुदायलाई पर्यटनसँग मात्रै नभई हर क्षेत्रमा जोडिनुपर्दछ भन्ने मान्यता राख्ने शेर्पाले समुदायको हितका लागि आफूले आगामी दिनमा चाल्ने कदमका बारेमा सञ्चारमाध्यममाझ खुलस्त भइन् । मिस शेर्पाको ताज पहिरिएपछि समुदायले राखेको अपेक्षा र उनले बुनेका योजनाका बारेमा गरेको कुराकानीको सम्पादित अंशः

कुन ‘फरक क्षमता’का कारण आफूलाई मिस शेर्पाको ताज पहिरिन सफल भए जस्तो लाग्छ ?
मिस शेर्पा २०१७ मा छानिने अवसर प्राप्त भएकीमा म आफूलाई भाग्यमानी ठानेकी छु । यो अवसरलाई सदुपयोग गर्दै समुदायको हितका लागि काम गर्न सक्छु भन्ने विश्वास पनि लिएकोछु । मिस शेर्पामा प्रतिस्पर्धीहरु मध्ये म आफूलाई अब्बल सावित गर्न सफल भएँ । त्यसमा पहिलो कुरा भनेकै आत्मविश्वास हो । र, मैले लामो समयदेखि गर्दै आएको मिहिनेत र यसप्रतिको लगानशीलताले नै यो अवसर प्राप्त गर्न सकेको हुँ जस्तो लाग्छ ।

मिस शेर्पाको ताज पहिरिएपछि समुदायका लागि तपाईको भावी कार्यक्रमहरु के के छन् ?
विशेष गरी शेर्पा समुदायको भाषा, संस्कार, संस्कृतीको विकास र सम्बद्र्धनमा नै मेरो ध्यान जानेछ । त्यस्तै, आर्थिक समृद्धी, परम्परागत मान्यताहरुलाई परिमार्जनसहित प्रबद्र्धन, जगेर्ना गर्दै शेर्पा समुदायसँग जोडिएको पर्यटन जस्तै अन्य क्षेत्रमा पनि शिर उँचो बनाउने खाले कार्यक्रमहरुमा क्रियाशिल हुनेछु । त्यसैगरी शेर्पा समुदायमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरु जस्तै नेपाल शेर्पा संघ, शेर्पा महिला संघ, युवा, सञ्चार, पत्रकार लगायतसँग सहकार्य गरेर ती संस्थाहरुले प्रस्ताव गरेका कार्यक्रमहरुमा सहभागि भएरपनि सहयोग गर्ने छु ।

त्यस्तै, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र जहाँ आफै सचिवपनि छु त्यसबाट पनि शेर्पा जातिको भाषा, लिपी, संस्कृती त्यस्तै श्याब्रु नृत्य लगायत विविध क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्ने छु भन्ने लाग्छ । र, शेर्पा विद्यार्थीहरुका लागि विद्यार्थी संघ, शेर्पा फर चेन्ज लगायतका संस्थासँगको साझेदारीमा बौद्धिक विकास तथा व्यक्तित्व विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक योजनाहरु निर्माण गरेर अघि बढ्ने प्रतिज्ञा गर्दछु ।

सुन्दरता प्रदर्शन शेर्पा समुदायमा अलि रुचिकरको विषयको रुपमा हेरिँदैन । सौन्दर्य र सुन्दरताबीचमा के फरक छ ? तपाईको बुझाई के हो ?
वास्तवमै हाम्रो समुदायमा सुन्दरता प्रदर्शनलाई खास स्थान दिएको पाइँदैन । यसलाई अलि पश्चिमेली संस्कृती भनेर पनि आरोपहरु लगाइन्छ । तर, वास्तवमा आयोजना हुने ‘व्यूटि प्याजेन’हरु शारीरिक सुन्दरता प्रदर्शनका लागि मात्रै हैन । यहाँ त सौन्दर्यताको परीक्षा हुन्छ भनेर बुझ्नु जरुरी छ । शारीरिक सुन्दरताले मात्रै छनौट यदि भए त्यो अपूर्ण हुन्छ ।

वास्तवमा शारीरिक सन्दरता, बौद्धिक क्षमताले अब्बल, नेतृत्वदायी क्षमता, कला, कौशलले यूक्त व्यक्तित्व छनौट गर्दै समाजको एक नमुना पात्र छान्ने कार्य नै सौन्दर्य प्रतियोगिता हो । यसलाई कुनैपनि नकारात्मक दृष्टिबाट हेरिनु हाम्रो बुझाईमा कमजोरी हुन आउँछ । तसर्थ, यी प्रतियोगिताहरुले प्रतिभाहरु जन्माउँछन्, अवसरहरु प्राप्त गर्ने विशिष्ट मञ्च र माध्यम निर्माण हुने र वास्तवमा समुदायमा सबै क्षमता, गुणले भरिपूर्ण व्यक्ति को हुन त? भन्दै खोजि गर्दा प्राप्त गर्ने र उभिने माध्यम हो भनेर बुझ्नु पर्दछ ।

नयाँ–नयाँ प्रविधिको विकाससँगै हामीमा स्वतः आधुनिकताले प्रवेश पाउने कुरालाई अस्वभाविक रुपमा पनि लिनु हुँदैन । हरेक व्यक्तिमा क्षमता हुन्छन् । त्यसलाई प्रदर्शन र प्रस्फुटन गर्ने अवसरहरु खोजी गर्न सक्नु पर्दछ । मिस शेर्पा त्यस्तै एउटा थलो थियो जुन हामीले सदुपयोग गर्यौं । यसबाट व्यक्तित्व विकास हुन्छ । क्षमताहरु प्रदर्शन गर्ने अवसर प्राप्त हुन्छ र भएको छ । तसर्थ, यस्ता प्रतियोगिताहरु शारीरिक प्रदर्शनका लागि आयोजना हुने होइन भनेर बुझ्नु नितान्त जरुरी छ ।

मोडलिङ क्षेत्रमा प्रवेश कसरी गर्नुभयो ?
मोडलिङ आफैंमा चुनौति पूर्ण काम हो । हामी ‘मोडल’ बन्छौं तर खास मोडल भनेको ‘नमुना’ हो । हामी समाजको नमुना बन्न सक्नु पर्दछ । शारीरिक प्रदर्शन र अनुहार श्रृंगारिएर मात्रै मोडलको परिभाषा पूरा हुँदैन । मेरो यस क्षेत्रको प्रवेश संयोग हो, योजनाबद्ध हैन । वास्तवमा मेरो भावी योजना भनेको नर्सिङ मार्फतस्वास्थ्य क्षेत्रमा केही गर्छु भन्ने हो । त्यस्तै, खाली रहेको समयमा बौद्धिक विकास र व्यक्तित्व निर्माणको कार्यमा क्रियाशिल, संलग्न हुन मन पराउँछु । मिस शेर्पा मेरो लागि अवसरहरु प्राप्त गर्ने एउटा विशिष्ट माध्यम हो तर रंगिन क्षेत्रमा नै केही गर्छु भन्ने चाँही योजना हैन ।

मिस शेर्पाका ताज पहिरिसक्नु भएकाहरुसँगको समन्वय कस्तो रहन्छ ?
यसअघि मिस शेर्पाको ताज पहिरिनुभएका अग्रज दिदिज्यूहरु हुनुहुन्छ ।कतिपयसँग म अपरिचित पनि हुन सक्छु । मिस शेर्पा २०१२ का विजेता छिमी दिदिले त मलाई ताजै पहिरि दिनु भएको छ । म यस बर्षको मिस शेर्पाको हैसियतले सबैसँग समन्वय गरेर समाजलाई हित हुने खाले कार्यक्रमहरु सञ्चालनका लागि अभियानहरु सञ्चालन गर्न प्रयास गर्नेछु । सबैसँग सम्पर्क समन्वयको माध्यमबाट नै सामाजिक हितका लागि कामहरु हुनेछन् ।

तपाई सांस्कृतिक दूतको रुपमा पनि अघि बढ्नु हुन्छ हैन् ?
वास्तवमा मिस शेर्पाको यो उपाधी मेरोलागि गौरवको बिषय बन्यो । किनभने म मिस शेर्पाको हैसियतले शेर्पा समुदायबाट सांस्कृतिक दूतको रुपमा समेत रहेर काम गर्ने अवसर प्राप्त गर्न सक्छु । हिमालयन शेर्पा सांस्कृतीक केन्द्रंले यसबाट थप योजना निर्माण गर्ने छ । शेर्पा समुदायको पहिचान जगेर्ना र विकासका लागि देश विदेशमा छरिएर रहेका संस्थाहरुसँगको साझेदारीमा संस्कृती सम्बद्र्धन र अभ्यासहरुमा मेरो सक्रिय सहभागिता रहनेछ ।

समुदायबाट के अपेक्षा गर्नुभएको छ ?
मिस शेर्पाको उपाधीसँगै ममा समुदायको हितका लागि गर्नुपर्ने कार्यहरुको थप जिम्मेवारी बोध भएको छ । समुदायबाट मिस शेर्पा एउटा औपचारिकता मात्रै हो भन्ने बुझाई राख्नुहुँदैन । मिस शेर्पाको माध्यमबाट समुदायले आर्थिक, सामाजिक, राजनैतिक र बौद्धिक रुपमा समेत अवसरहरु प्राप्त गर्ने, विश्वव्यापी रुपमा आफूलाई प्रस्तुत गर्ने कुराहरुलाई भुल्नु हुनेछैन् । त्यस्तै, विभिन्न ठाउँमा हुने कार्यक्रमहरुमा सांस्कृतीक क्रियाकलाप, सन्देशहरु फैलाउँदै समुदायमा योगदान दिनेछु । र, समुदायमा रहेका संस्थाहरुले पनि यो प्लेटफर्मलाई अवसरको रुपमा सदुपयोग गर्छु भन्ने पूर्ण विश्वास लिएको छु ।

त्यस्तै, युवाहरुवीच अन्तरघुलनको माध्यमबाट विभिन्न पेशा, व्यवसायमा आबद्ध हुने खाले मार्ग प्रशस्त गर्नका लागिपनि भूमिका निर्वाह गर्ने योजना छ । लैंगिक समानता, समावेशी विकास र राज्यमा पहुँच विस्तारका लागि पनि मेरो भूमिका रहन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ
शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ
एमालेले मुख्यमन्त्री टुंगो लगाउँदै, यस्ता छन् आकांक्षीहरु
असार २ गते सोमबारको राशीफल यस्तो छ, आज कसलाई कुन शुभ अंक ?
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
कश्मिर विवादमा अमेरिका र राष्ट्रसंघको प्रतिक्रिया
कश्मिर विवादमा अमेरिका र राष्ट्रसंघको प्रतिक्रिया
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ
स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस संक्रमण
स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस संक्रमण
सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…
सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…

तपाईंले छुटाउनुभयो कि?