आफ्नै श्रीमतीको हत्यारा १७ वर्षपछि पक्राउ…

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष ९, २०७३
|
|
१७६ पटक हेरिएको
Shares
आफ्नै श्रीमतीको हत्यारा १७ वर्षपछि पक्राउ…

सारांश

  • काठमाडौँ ।
  • श्रीमतीलाई आगो लगाई हत्या गरेर फरार रहेका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।
  • २०५६ पुस १६ गते रातको समयमा कोटेश्वरस्थित आफ्नै घरमा ‘नवराज नगरकोटी’ भन्ने नवराज श्रेष्ठले मादकपदार्थ सेवन गरी आफ्नै श्रीमती रिना श्रेष्ठको शरीरमा मट्टीतेल खन्याई आगो लगाउँदा घाइते भई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकामा पुस १८ गते उनको मृत्यु भएको थियो ।

काठमाडौँ । श्रीमतीलाई आगो लगाई हत्या गरेर फरार रहेका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।२०५६ पुस १६ गते रातको समयमा कोटेश्वरस्थित आफ्नै घरमा ‘नवराज नगरकोटी’ भन्ने नवराज श्रेष्ठले मादकपदार्थ सेवन गरी आफ्नै श्रीमती रिना श्रेष्ठको शरीरमा मट्टीतेल खन्याई आगो लगाउँदा घाइते भई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकामा पुस १८ गते उनको मृत्यु भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भएका श्रेष्ठलाई ललितपुर इमाडोलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार १० गते पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?