आमाको किरियामा बसेका छोरा बुहारी मतदान केन्द्रमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५१ पटक हेरिएको
Shares
आमाको किरियामा बसेका छोरा बुहारी मतदान केन्द्रमा

सारांश

  • दाङ, मंसिर २१ –दाङमा एकैघरका ५ जना किरियापुत्रीले मतदान गरेका छन् ।
  • घोराही उपमहानगरपालिका वडा नम्बर १ को जनता आधारभूत मतदान केन्द्रबाट ५ जनाले मतदान गरेका हुन् ।
  • ७ दिनअघि ज्यान गुमाएकी हिमा पुनका छोराहरु तिलबहादुर पुन, जेरबहादुर पुन र मुक्ति पुन तथा बुहारीहर गोमा पुन र यमी पुनले मतदान गरेका हुन् ।

दाङ, मंसिर २१ –दाङमा एकैघरका ५ जना किरियापुत्रीले मतदान गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ को जनता आधारभूत मतदान केन्द्रबाट ५ जनाले मतदान गरेका हुन् । ७ दिनअघि ज्यान गुमाएकी हिमा पुनका छोराहरु तिलबहादुर पुन, जेरबहादुर पुन र मुक्ति पुन तथा बुहारीहर गोमा पुन र यमी पुनले मतदान गरेका हुन् ।

उनीहरुले जीवनमा विरलै मात्र आउने मतदानको अवसर आफूहरुले सदुपयोग गरेको बताएका छन् । ‘यो अवसर अब ५ बर्षपछि मात्रै आउने हो, त्यो बेलासम्म जे पनि हुनसक्छ, त्यसैले किरिया बसेको बेलामा पनि हामी भोट हाल्न आयौं’ उहाँहरुले   भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?