आमा-छोराको यौन सम्पर्कको भिडियो खिच्ने यि वडा सदस्य !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
आमा-छोराको यौन सम्पर्कको भिडियो खिच्ने यि वडा सदस्य !

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

गोरखा, २४ वैशाख । सुन्दा अचम्म लाग्ला तर सत्य घटना हो ।

घटना गत बिहीबार साँझ आठ बजे गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ छापगाउँको हो । नौलीमाया(नाम परिवर्तित) लाई पति गमबहादुर (नाम परिवर्तित) ले एक्कासी निहुँ झिकेर हातपात गर्न थाले । केहीबेर घरझगडा भयो । त्यसपछि गमबहादुर गोठतिर गएर गाईबाख्रा लिएर वनतर्फ धपाइदिए ।

‘नौलीमाया बस्तुभाउ सम्हाल्नतिर गइन् । फर्केर आउँदा त गमबहादुर आफ्नै आमासँग यौनसम्पर्क गरिरहेका रहेछन् । नौलीमाया मलाई बोलाउन आइन् । म पनि गएँ’, त्यो कालो क्षणको बयान गर्दै वडा सदस्य बिमला रिमाल भन्छिन्, ‘म पुग्दासम्म पनि आमाछोराबीच त्यस्तो काम भइरहेको रहेछ, अनि मैले केहीबेरको भिडियो पनि खिचेको छु ।’ गाउँमा नराम्रो घटना भएकाले भिडियो लिएर प्रहरी कार्यालयमा उजुरी दिन पुगेको उनले बताइन् ।

उजुरीका आधारमा ७० वर्षकी आमा र ३३ वर्षका छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक मोहन खड्काले जानकारी दिए ।

हाडनाता करणी अन्तर्गत मुद्दा चल्ने भएकाले नौलीमायाले प्रहरी कार्यालयमा नभई जिल्ला अदालतमा मद्दा दिने तयारी गरेकी छन् ।

‘आज प्रहरी कार्यालयमा सम्पर्क गर्न जाँदा सिधै अदालतमा मुद्दा दिनू भने’ वडा सदस्य बिमला भन्छिन्, ‘आज आमासँग नराम्रो सम्बन्ध गर्नेले भोलि अरुको छोरी बुहारीलाई बाँकी राख्दैन, त्यसैले गाउँमा विकृति फैलाउनेलाई कारबाही गर्नैपर्छ भन्ने सल्लाह गाउँमा भएको छ ।’

(https://fii-institute.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?