आलम जेल नगएसम्म छोराको किरिया नगर्ने

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक २, २०७६
|
|
५८ पटक हेरिएको
Shares
आलम जेल नगएसम्म छोराको किरिया नगर्ने

सारांश

  • रौतहटको राजपुरमा १२ बर्षअघि भएको बम कान्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म मारिएको छोराको काजकिरिया गरेका छैनन् ।
  •  अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ ।
  • राजपुर बम कान्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए ।

रौतहटको राजपुरमा १२ बर्षअघि भएको बम कान्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म मारिएको छोराको काजकिरिया गरेका छैनन् । अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । राजपुर बम कान्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए ।

‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन । कसरी काजकिरिया गर्ने’, आँखाभरी आँशु पार्दै श्रीनारायणले भने, न्याय पाउनुर्पयो, जिउँदै छ भने देखाइदिनुर्पयो ।’

२०६४ चैत्र २७ गते साँझ बम विस्फोटमा छोरो मारिएको अनौपचारिक जानकारी प्राप्त भएको र आफूले १२ बर्षदेखि सर्बोच्च अदालतसम्म धाएर न्याय खोजिरहेको बताउँदै सिंहले अब भने न्याय पाउने र छोराको काजकिरीया गर्न पाउने आशा गरेका छन् । नागरिक दैनिकबाट

हत्याको आरोपीलाई समाउँदा शेरबहादुर देउबा भन्छन् कांग्रेसमाथि प्रहार हुन थाल्यो
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको पक्षमा उभिएका छन् । उनले आलमको पक्राउलाई कांग्रेसविरुद्धको षड्यन्त्रको रुपमा समेत चित्रण गरे ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् । उनले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाए । तर, उनकै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्वमन्त्री तथा सांसद गगन थापाले आलमको पक्राउबारे अपराधीलाई उन्मुक्ति दिन नहुने टिप्पणी गरेका छन् ।

हत्या आरोपमा पक्राउ परेका आलम सांसद पदबाट निलम्बनमा परिसकेका छन् । संसद सचिवालयले गत सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको थियो । रौतहट क्षेत्र नं. २ बाट निवार्चित आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ वर्षदेखि दुई नेपाली बेपत्ता, भारतीय प्रहरीले गायब पारेको परिवारको आरोप
आठ वर्षदेखि दुई नेपाली बेपत्ता, भारतीय प्रहरीले गायब पारेको परिवारको आरोप
मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द
मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द
एमालेद्वारा संसदीय समितिको पूर्णता माग
एमालेद्वारा संसदीय समितिको पूर्णता माग
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता
अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता
एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने
एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू
जुम्ल्याहा बच्चाको हत्या गरी फरार आमा पक्राउ
जुम्ल्याहा बच्चाको हत्या गरी फरार आमा पक्राउ
हिरोइन नम्रता श्रेष्ठ भन्छिन् मेरो जीवनीमाथि उपन्यास लेख्न कसैलाई अनुमति छैन
हिरोइन नम्रता श्रेष्ठ भन्छिन् मेरो जीवनीमाथि उपन्यास लेख्न कसैलाई अनुमति छैन
वर्षाकै झल्को दिँदै प्रि–मनसुन
वर्षाकै झल्को दिँदै प्रि–मनसुन

तपाईंले छुटाउनुभयो कि?