इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २४, २०८०
|
|
५३ पटक हेरिएको
Shares
इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु

सारांश

  • काठमाडौं।
  • प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको हमासको एक आधिकारिक स्रोतले जानकारी दिएको छ।
  • जकारिया अबु मुअम्मर र जवाद अबु शमाला प्यालेस्टाइनको दक्षिणी क्षेत्रमा खान युनिसमा गरिएको हवाई आक्रमणमा मारिएका छन्।

काठमाडौं। प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको हमासको एक आधिकारिक स्रोतले जानकारी दिएको छ।

जकारिया अबु मुअम्मर र जवाद अबु शमाला प्यालेस्टाइनको दक्षिणी क्षेत्रमा खान युनिसमा गरिएको हवाई आक्रमणमा मारिएका छन्।

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली विमानले हमासका अर्थमन्त्री अबु शामालाको सोमबार राति आक्रमणबाट मृत्यु भएको जनाएका छन्। शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिएभने गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्थे।

इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र ‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूहहरूको बीचमा समन्वयकको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजका अनुसार हमासले गरेको आत्मघाती आक्रमणमा परी शनिबारसम्म कम्तीमा एक हजार आठ जनाको मृत्यु भएको छ ।

यसैबीच प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७८८ पुगेको छ भने घाइते हुनेको सङ्ख्या चार हजार १०० पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
हटिया–ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे
ओंठको कालोपन हटाउने घरेलु तरिका
ओंठको कालोपन हटाउने घरेलु तरिका
सिद्दबाबा आइसियूबाट पक्राउ
सिद्दबाबा आइसियूबाट पक्राउ
बिकाउन होइन, निर्वाचनलाई व्यवस्थित गर्न प्रतिवेदन लक्षित हुनुपर्छ – प्रमुख निर्वाचन आयुक्त थपलिया
बिकाउन होइन, निर्वाचनलाई व्यवस्थित गर्न प्रतिवेदन लक्षित हुनुपर्छ – प्रमुख निर्वाचन आयुक्त थपलिया
नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
सिर्जु अधिकारी र कृष्ण रेउलेको ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)
सिर्जु अधिकारी र कृष्ण रेउलेको ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)
आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग
आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग

तपाईंले छुटाउनुभयो कि?