उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १३, २०७४
|
|
५१ पटक हेरिएको
Shares
उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)

सारांश

  • गाईघाट: उदयपुरको पश्चिमी क्षेत्र कटारीबाट ओखलढुंगातर्फ यात्रु लिएर जाँदै गरेको टाटासुमो जीप सोमबार दिउँसो दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।
  • दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन्।
  •  सिद्धीचरण लोकमार्ग अन्तर्गत कटारी-वेतेनी-घुर्मी सडकखण्डको कटारी नगरपालिका ११ लेखानी ठाडीँमा ना.

गाईघाट: उदयपुरको पश्चिमी क्षेत्र कटारीबाट ओखलढुंगातर्फ यात्रु लिएर जाँदै गरेको टाटासुमो जीप सोमबार दिउँसो दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन्। सिद्धीचरण लोकमार्ग अन्तर्गत कटारी-वेतेनी-घुर्मी सडकखण्डको कटारी नगरपालिका ११ लेखानी ठाडीँमा ना.१.ज. ३४०४ नम्बरको जीप दिउँसो करीब १:३० बजेको समयमा दुर्घटना भएको हो। दुर्घटनामा ७ जना पुरुष र १ महिलाको मृत्यु भएपनि सनाखत हुन सकेको छैन्। 

दुर्घटनामा गम्भिर घाईते भएका चालक कटारी नगरपालिका २ का २८ बर्षीय हरी कार्की र एक जना नामवतन नखुलेकी महिलालाई स्थानीयले उद्धार गरी कटारी अस्पतालमा पठाएको हिमाली यातायाता व्यवसायी संघका उपमहासचिब शत्रुधन कार्कीले जानकारी दिए।चालकसहित ११ जना सवारत रहेको उक्त जीपमा ८ वर्षीय १ बालकलाई स्थानीयले सकुशल उद्धार गरिएको छ।

जीप सडकबाट करीब ५ सय मिटर भिरमा खसेकाले मृतकहरुको शव भिरमा रहेकाले निकाल्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। उनले भने,’भीरमा हिडेर जान सक्ने अबश्था छैन्, शव भिरमा अडकिएको छ, निकाल्ने प्रयास भईरहेको छ, सकिएको छैन्।’

उकालोमा तान्न नसकि पछाडी सर्दा भिरबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनास्थल कटारी बजारबाट ३५ किलामिटर उत्तरी भेगको कच्चि सडमा पर्दछ। दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको एसपी भट्टले जानकारी दिए।

यात्राको हिसावले उदयपुरको सबैभन्दा असुरक्षित सडक सोही सडकलाई मानिन्छ। उक्त सडकमा बर्षेनी सवारी दुर्घटना हुँदा एक दर्जन बढीको मृत्यु हुने गरेको संघका उपमहासचिब कार्कीको भनाई छ। कच्ची सडक त्यसमापनि क्षमताभन्दा बढी यात्रु सवारत, चालकले लापरवाही ढंगले ओभर स्पीड चलाउने र सडकको अबश्थापनि नाजुक भएकाकारण बर्षेनी दुर्घटना हुने गरेको स्थानीयको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक बालबालिकाको व्यवस्थापन हुन्छ–अध्यक्ष ओली
सडक बालबालिकाको व्यवस्थापन हुन्छ–अध्यक्ष ओली
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा
मदन भण्डारीको हत्यारा को हो ? दुर्घटना अघि सँगै रहेका कट्टेलको यस्तो खुलासा
सिरहा जिससमा वाम गठबन्धन विजयी
सिरहा जिससमा वाम गठबन्धन विजयी
चीनमा हिमपात हुँदा सात लाख मानिस प्रभावित
चीनमा हिमपात हुँदा सात लाख मानिस प्रभावित
ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो
ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
आगलागीबाट २ जनाको मृत्यु तथा विभिन्न धनमाल क्षति
आगलागीबाट २ जनाको मृत्यु तथा विभिन्न धनमाल क्षति
उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री
उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
चार वर्षमा रु ३८ करोड खर्च गरेपछि सडक पुग्याे
चार वर्षमा रु ३८ करोड खर्च गरेपछि सडक पुग्याे

तपाईंले छुटाउनुभयो कि?