ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो
सारांश
- काठमाडौं, १० मंसिर ।
- एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटका लागि ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले दुई खेलाडी छनोट गरेको छ ।
- भैरहवाले ट्यालेन्ट हटमार्फत कुशल मल्ल र युवा लेग स्पिनर अनिल खरेललाई टिममा राखेको छ ।
काठमाडौं, १० मंसिर । एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटका लागि ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले दुई खेलाडी छनोट गरेको छ । भैरहवाले ट्यालेन्ट हटमार्फत कुशल मल्ल र युवा लेग स्पिनर अनिल खरेललाई टिममा राखेको छ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ स्थानीय खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जसअनुसार भैरहवाले दुई खेलाडी अनुबन्ध गरेको हो ।
यस्तै ईपीएलका लागि नै काठमाडौले चाँडै ट्यालेन्ट हन्ट गर्ने भएको छ । आउँदो मंसिर २२ गतेबाट आयोजना हुने ईपीएलका लागि भैरहवाले यू–१९ क्रिकेट टिमका सदस्य छनोट गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया