उदयपुर बेल्टार तनावग्रस्तः दर्जनौ सेल अश्रुग्यास प्रहार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २७, २०७३
|
|
११९ पटक हेरिएको
Shares
उदयपुर बेल्टार तनावग्रस्तः दर्जनौ सेल अश्रुग्यास प्रहार

सारांश

  • उदयपुरः उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ ।
  • बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो ।
  • गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए ।

उदयपुरः उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ ।
बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो ।
गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए ।
भीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।
उक्त झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयको सम्पूर्ण प्रहरी शक्ति प्रयोग गरेर दर्जनौँ राउन्ड अश्रुग्यास प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताए ।
प्रहरीले सम्पूर्ण जनशक्ति लगाएर रातिको १२ बजेसम्ममा भीड नियन्त्रण भएपनि अझैसम्म बेल्टारबजार तनावग्रस्त रहेको कुरा स्थानीयवासीले बताएका छन् ।
बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्तिसमेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरेको इलाका प्रहरी कार्यालय बेल्टारले गरेको छ ।
प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका राजेन्द्रसहित आफन्तलाई भीमकुमारीको शव लिन मोरङ पठाएर राति भीमकुमारीको शव ल्याउनेक्रममा बेल्टारबजारमा झडप र तनाव सुरु भएको प्रहरीले बताएको छ ।
अहिले बजार क्षेत्र तनावग्रस्त भए तापनि स्थानीय बुद्धिजीवी, राजनीतिक दलसहितका भद्रभलादमीलाई बोलाएर सो विषयमा छलफल गर्न इलाका प्रहरी कार्यालय बेल्टारले तयारीसमेत गरेको प्रहरी प्रमुख भीमकान्त सिलवालले बताए ।
भीमकुमारीको शव पनि इलाका प्रहरी कार्यालय बेल्टारमा नै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।
पाँच दिनअघि भीमकुमारी कटुवालको मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर बीभत्स तरिकाले हत्या गरेर सुवासले विष सेवन गरेका थिए ।
अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ । तर भीमकुमारीको हत्यामा राजेन्द्र आफैँ र सबै घरपरिवारको संलग्नता रहेको भीमकुमारीको माइती पक्षको दाबी रहेको छ ।
राजेन्द्र स्वयम् पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमतीसमेत विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको पनि प्रहरीले बताएको छ ।
यसअघि नै राजेन्द्रको परिवारका सबै ६ जना र राजेन्द्रसहितलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको पनि इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । राससc7622da6e693406d95ec3b2df6e02be8_18

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश
राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश
दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप, दुईजना घाइते
दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप, दुईजना घाइते
सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर
सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा ब्रम्हलुट, जुनसुकै भ्रमणमा पति नै विज्ञ
त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा ब्रम्हलुट, जुनसुकै भ्रमणमा पति नै विज्ञ
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
किराँत समुदायले आज उभौली पर्व मनाउँदै
किराँत समुदायले आज उभौली पर्व मनाउँदै
चिया नास्तामै राज्यको २० अर्ब स्वाहा
चिया नास्तामै राज्यको २० अर्ब स्वाहा
देउवा सरकारले बदनामी गरेको भन्दै एमालेले मुख खोल्यो
देउवा सरकारले बदनामी गरेको भन्दै एमालेले मुख खोल्यो
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान

तपाईंले छुटाउनुभयो कि?