उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
३८ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिएका छन् ।
  • उनले विमान अवतरणदेखि यात्रु, कर्मचारीको प्रवेश, तिनीहरूको हातेब्याग र कार्गो निकासी प्रक्रियासम्मको अनुगमन गरेका थिए ।

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिएका छन् ।

उनले विमान अवतरणदेखि यात्रु, कर्मचारीको प्रवेश, तिनीहरूको हातेब्याग र कार्गो निकासी प्रक्रियासम्मको अनुगमन गरेका थिए । सो क्रममा गृहमन्त्रालयका सचिवसहित उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत कार्यालयका प्रमुखको सहभागिता थियो ।

विमानस्थलको बाटो भएर छिरेको सुन दुई दिनअघि भन्सार पाससमेत भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । त्यस प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटि उजागर गरेको छ ।

अनुगमनपछि सङ्क्षिप्त सम्बोधनमा गृहमन्त्री श्रेष्ठले विमानस्थलमा सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउनेभन्दा पनि समन्वय र एकीकृत भएर काम गर्नुपर्नेमा जोड दिए ।

“राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो”, उनले भने, “यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै कठोररूपले जिम्मेवार हुनुपर्छ, तर यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्न र त्यही स्पिरिटमा काममा गति दिन निर्देशन दिनुभएको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीबारे छानविन समितिले यसको जराजरामा पुगेर कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार
भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार
“No matter where we live, we are always Nepali at heart” 2022 US Calendar
“No matter where we live, we are always Nepali at heart” 2022 US Calendar
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
‘हिलारी स्टेप’ को अप्ठेरो ढुङ्गो कता हरायो ?
‘हिलारी स्टेप’ को अप्ठेरो ढुङ्गो कता हरायो ?
ललितानिवास प्रकरणः प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी
ललितानिवास प्रकरणः प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
“mostbet Kz Онлайн Казино Ресми Сайты Слоттар + 250 Fs Мостбет Кз Официальный Сай
मंसिर ९ गते मंगलवारको राशिफल यस्तो छ
मंसिर ९ गते मंगलवारको राशिफल यस्तो छ
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?