उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, कति खसे मत ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
५० पटक हेरिएको
Shares
उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, कति खसे मत ?

सारांश

  • काठमाडौँ ।
  • मुलुकको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ ।
  • नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो ।

काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो ।

मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म भएको थियो । केहीबेरमै सोही स्थलमा मतगणना प्रारम्भ हुने र आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार छन् । उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो । नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बामदेवको सांसद बन्ने रहरले नेकपाभित्रै बढायो विवाद
पोखरीमा डुबेर तीन युवतीको मृत्यु
पोखरीमा डुबेर तीन युवतीको मृत्यु
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम
कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
प्रचण्डले बिप्लवलाइ भने ‘लहडले नेता बनिंदैन ‘
प्रचण्डले बिप्लवलाइ भने ‘लहडले नेता बनिंदैन ‘
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
Mostbet-AZ 45 Azərbaycanda bukmeker və kazino Bonus 550+250F
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
श्रम मन्त्रीको स्पष्ट जवाफ : म्यानपावरको धरौटी रकम घट्दैन
श्रम मन्त्रीको स्पष्ट जवाफ : म्यानपावरको धरौटी रकम घट्दैन

तपाईंले छुटाउनुभयो कि?