उपराष्ट्रपति पुनले भने: खेलकुदलाई प्राथमिकतामा राख्नुस्

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २०, २०७९
|
|
५८ पटक हेरिएको
Shares
उपराष्ट्रपति पुनले भने: खेलकुदलाई प्राथमिकतामा राख्नुस्

सारांश

  • काठमाडौं ।
  • उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।
  • उनले जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिद्वारा काभ्रेपलाञ्चोकको पनौतीस्थित क्षेत्रीय रङ्गशालामा आयोजित बृहत् खेलकुद महोत्सवको आज उद्घाटन गर्दै उक्त सुझाव दिएका हुन् ।

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिद्वारा काभ्रेपलाञ्चोकको पनौतीस्थित क्षेत्रीय रङ्गशालामा आयोजित बृहत् खेलकुद महोत्सवको आज उद्घाटन गर्दै उक्त सुझाव दिएका हुन् ।

“खेलकुद विकासको पहिलो शर्त नै पूर्वाधार विकास हो, पूर्वाधार विकासमा भने राज्यको लगानी अपेक्षित वृद्धि हुन सकेको छैन”, उनले भने, “त्यसैले सबै तहका सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र पारे । उनले विभिन्न क्षेत्रमा महोत्सवअघि निर्माण गरिएका खेलकुद पूर्वाधार अझै अलपत्र रहेको उल्लेख गर्दै खेल पूर्वाधारमा सबै तहका सरकारले लगानी वृद्धि गर्नैपर्ने बताए ।

उपराष्ट्रपति पुनले विभिन्न विधाका खेलाडीले पूर्वाधार अभावका कारण कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहिरहेको गुनासो गरे । “सीमित स्रोत र साधनका बावजुद हाम्रा खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता भने प्रशंसनीय नै रहेको छ”, उनले भने । खेलकुदको विकासका लागि खेलाडीको सुविधा वृद्धि गरिनुपर्ने उनको भनाइ थियो ।

उपराष्ट्रपति पुनले राष्ट्रिय खेलाडीनै रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता कम गर्न तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न राज्यको तर्फबाट उचित सुविधा र सम्मान गरिनुपर्ने बताए । उनले भने “खेलको माध्यमबाट समाजमा शान्ति कायम गर्दै राष्ट्रको प्रगति तथा अन्तर्राष्ट्रिय जगत्सम्म देशको चिनारी उँचो बनाउन खेलकुदको बृहत् विकास हुनैपर्छ, यसप्रति सबै तहका सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

उपराष्ट्रपति पुनले विश्वमा भ्रातृत्व, शान्ति, समाज र राष्ट्रको महत्त्वपूर्ण चिनारी तथा पहिचान र समझदारीका लागि खेल महत्त्वपूर्ण माध्यम भएकाले मानवीय मूल्य मान्यता सद्भाव, भाइचारा तथा शारीरिक तथा मानसिकरूपले स्वस्थ नागरिक तयार गर्न खेलकूदको उच्चतम भूमिका रहने बताए । “स्वस्थ, पहिचान, राष्ट्र, अनुशासन र समृद्धि तथा एकताका लागि खेल भनिएको हो”, उनले भने उनले खेलकुदमा सबै उमेर समूहका नागरिकको सहभागिताका लागि उचित अवसर सिर्जना गरिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा सांसद गोकुलप्रसाद बाँस्कोटाले विभिन्न विधाका खेलसँगै सरकारले साहसिक खेल पर्यटनका सम्भावना पहिचान गरी अभिवृद्धि गर्न सक्नुपर्ने बताए । अर्का सांसद सूर्यमान दोङले खेल क्षेत्रले युवा जनशक्ति तयार गर्ने भएकाले खेलकुदलाई प्राथमिकतामा राख्न आग्रह गरे । सो अवसरमा बाग्मती प्रदेशसभा सदस्य तीर्थ लामा, जिसस प्रमुख दीपककुमार गौतम, पनौती नगरप्रमुख रामशरण भण्डारीलगायतले खेल उल्लासमय एवं अनुशासितरूपमा सम्पन्न गर्न शु्भकामना व्यक्त गरेका थिए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने
चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री
उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
सस्तो बजार प्रकरण : अदालतको आदेश मान्ने वायु सेवा निगमको स्पष्टोक्ती
सस्तो बजार प्रकरण : अदालतको आदेश मान्ने वायु सेवा निगमको स्पष्टोक्ती
UK Minister Priti Patel resigns over Israel row
UK Minister Priti Patel resigns over Israel row
जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना
जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
आजबाट भिडभाड गरे राजधानीमा कारवाही गरिने
आजबाट भिडभाड गरे राजधानीमा कारवाही गरिने

तपाईंले छुटाउनुभयो कि?