उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २९, २०७४
|
|
४७ पटक हेरिएको
Shares
उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग

सारांश

  • नेकपा (एमाले) ले आफ्ना उम्मेदवारमाथि लक्ष्य गरी आक्रमण र धम्कीको शृङ्खला नरोकिएको जनाउँदै उम्मेदवारहरुलाई सुरक्षा दिन माग गरेको छ ।
  • एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढेकाले सुरक्षा माग गरेको हो ।
  • सो कमिटीका प्रवक्ता विष्णु रिमालले आज जारी गरेको विज्ञप्तिमा पछिल्लो समय पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर– १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान सांघातिक आक्रमण भएको तथा सुनसरी– ३ का उम्मेदवार तथा केन्द्रीय सदस्य भगवती चौधरीलाई परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको जनाइएको छ ।

नेकपा (एमाले) ले आफ्ना उम्मेदवारमाथि लक्ष्य गरी आक्रमण र धम्कीको शृङ्खला नरोकिएको जनाउँदै उम्मेदवारहरुलाई सुरक्षा दिन माग गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढेकाले सुरक्षा माग गरेको हो ।

सो कमिटीका प्रवक्ता विष्णु रिमालले आज जारी गरेको विज्ञप्तिमा पछिल्लो समय पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर– १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान सांघातिक आक्रमण भएको तथा सुनसरी– ३ का उम्मेदवार तथा केन्द्रीय सदस्य भगवती चौधरीलाई परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको जनाइएको छ ।

“चुनावी अभियानमा अवरोध पु¥याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफैँ घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ”, विज्ञप्तिमा भनिएको छ, “सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको आभाष पछिल्लो घटना क्रमले देखाएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं १ को मतगणना सुरु
काठमाडौं १ को मतगणना सुरु
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
मिर्गौला रोगपीडितलाइ युवा संघकाे अार्थिक सहयाेग
मिर्गौला रोगपीडितलाइ युवा संघकाे अार्थिक सहयाेग
पाल्पा,कञ्चनपुर,विराटनग को ताजा पारीणाम
पाल्पा,कञ्चनपुर,विराटनग को ताजा पारीणाम
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह
खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह
भारतलाई आधुनिक हतियार दिन रुस सहमत
भारतलाई आधुनिक हतियार दिन रुस सहमत
न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने
न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..

तपाईंले छुटाउनुभयो कि?