एउटै तालमा ३१ प्रजातिका जलपन्छी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २२, २०७६
|
|
५८ पटक हेरिएको
Shares
एउटै तालमा ३१ प्रजातिका जलपन्छी

सारांश

  • कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी देखा परेका छन् ।
  • जलपन्छी गणनाका क्रममा एकै तालमा धेरै प्रजातिका जलपन्छी देखा परेका हुन ।
  • पुरैनी ताल जलपन्छीका लागि प्रख्यात रहेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी देखा परेका छन् ।

जलपन्छी गणनाका क्रममा एकै तालमा धेरै प्रजातिका जलपन्छी देखा परेका हुन । पुरैनी ताल जलपन्छीका लागि प्रख्यात रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घलगायत कार्यालय तथा संस्थाका प्रतिनिधिले जलपन्छी गणनाको कार्यलाई अगाडि बढाएका छन् ।

जलपन्छी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भँुडिफोर गरुड, कैले टाउके हाँसलगायत देखा परेको पन्छीविज्ञ हिरुलाल डगौराले बताउनुभयो । जनवरी ४ देखि शुरु गरिएको जलपन्छी गणनाका क्रममा रानीताल, तारा ताल, कालिकिच ताल, बेदकोट, बन्दा ताल, पुरैनी ताल, प्यारा ताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपन्छी अनुगमनको कार्य गरिएको छ । गणनाको कार्य जनवरी १९ तारिखसम्म जारी रहने छ ।

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको वितरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अध्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्ष जलपन्छीको अनुगमन र गणनाको कार्य हुँदै आएको छ ।

“वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरी जलपन्छी अनुगनको कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “कुनै क्षेत्रमा स्थलगत रुपमा पुगेर र कुनै ठाउँमा डुङगालगायतमा चढेर समेत अनुगमन भइरहेको छ ।” बासस्थानमा सुधार र आहारा प्रजातिको संरक्षणमा टेवा पुगेपछि विगतका वर्षहरुको तुलनामा जलपन्छीको सङ्ख्या उत्साहजनक देखिएको उहाँको भनाइ छ ।

तालतलैयामा जलपन्छीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्था बारेमा समेत अध्ययनको कार्य भइरहेको छ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सिमसार क्षेत्र र तालतलैया, नदी जलाधार क्षेत्रमा जलपन्छी गणनको कार्य हुने पन्छी विज्ञ डगौराको भनाइ छ । उहाँका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाई सार्दै पाहुना जलपन्छी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।

गत वर्षको जलपन्छी अनुगमनमा ५८ प्रजातिका तीन हजार ६४१ जलपन्छी फेला परेका थिए । सिमसार क्षेत्रमा बच्चाकोर्लेर जलपन्छी चैतदेखि जेठ महिनासम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन् । शुक्लाफाँटामा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये १९ प्रजातिका चरा दुर्लभ प्रजातिका रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
सांसद बस्नेत आफैँ टोलटोलमा डेङ्गु नियन्त्रणसम्बन्धी औषधि छर्कदै
सांसद बस्नेत आफैँ टोलटोलमा डेङ्गु नियन्त्रणसम्बन्धी औषधि छर्कदै
काठमाडौंको समता अस्पतालभित्र महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला
काठमाडौंको समता अस्पतालभित्र महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
आजको राशिफल
आजको राशिफल
फेरी १३ बर्षिय बालिकामाथि अर्काे बलात्कार को घटना सार्बजनिक
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
कतारमा नेपाली अलपत्र, ९ सय जनाले एउटै मेसमा खिचडी बनाएर खाँदै
कतारमा नेपाली अलपत्र, ९ सय जनाले एउटै मेसमा खिचडी बनाएर खाँदै
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’

तपाईंले छुटाउनुभयो कि?