एएफसी फुटबल:नेपाल र कुबेत बिच प्रतिस्पर्धा

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ३०, २०७६
|
|
५५ पटक हेरिएको
Shares
एएफसी फुटबल:नेपाल र कुबेत बिच प्रतिस्पर्धा

सारांश

  • जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ ।
  • जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
  • साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो ।

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो ।

सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । प्रतियोगितामा तीन अङ्कसहित जोर्डन शीर्ष स्थानमा छ । समान तीन अङ्कसहित कुवेत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अङ्कबिहिन ताजकिस्तान, श्रीलङ्का र नेपाल क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणका लागि छनोट हुनेछ । विभिन्न समूहमा विभाजित उक्त छनोट खेलमा ४८ राष्ट्र सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड नेतृत्वको सरकारमा जाने रास्वपाको संकेत
प्रचण्ड नेतृत्वको सरकारमा जाने रास्वपाको संकेत
नयाँ दिल्ली पुगेर फर्के अध्यक्ष प्रचण्ड
नयाँ दिल्ली पुगेर फर्के अध्यक्ष प्रचण्ड
किन भाँडियो राप्रपा एकता ?
किन भाँडियो राप्रपा एकता ?
च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन
च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन
उद्वारको लागि खटिएका हबलदार चन्द गम्भिर घाइते
उद्वारको लागि खटिएका हबलदार चन्द गम्भिर घाइते
समितिद्वारा चाडपर्वकाे समयमा यातायात सहज र सुरक्षित बनाउन निर्देशन
समितिद्वारा चाडपर्वकाे समयमा यातायात सहज र सुरक्षित बनाउन निर्देशन
खानेपानी मन्त्री बीना मगरको नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात !
एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात !
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै

तपाईंले छुटाउनुभयो कि?