नयाँ दिल्ली पुगेर फर्के अध्यक्ष प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नयाँ दिल्ली पुगेर फर्के अध्यक्ष प्रचण्ड

सारांश

  • काठमाडौं ।
  • भारतको नयाँ दिल्ली पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमण सकेर शुक्रबार राति नेपाल फर्केका छन् ।
  • इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भारतको नयाँदिल्ली गएका प्रचण्ड शुक्रबारै गइ भाग लिएर राति फर्केका हुन् ।

काठमाडौं । भारतको नयाँ दिल्ली पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमण सकेर शुक्रबार राति नेपाल फर्केका छन् ।

इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भारतको नयाँदिल्ली गएका प्रचण्ड शुक्रबारै गइ भाग लिएर राति फर्केका हुन् । अध्यक्ष प्रचण्डले प्रमुख अतिथि बनेर पार्टीको तर्फबाट अवधारणा व्यक्त गरेका थिए ।

प्रचण्डले नेपाल–भारतबीच सम्बन्धका विषयमा मन्तव्य दिएका थिए । समृद्ध समाज बनाउन सबै देश मिल्नुपर्ने उदाहरण दिँदै संसारका धेरै देश अघि बढेका र उनीहरुको पछि लागेको बताएका थिए।

धेरै चुनौती सामना गर्दै अरु देश धेरै अगाडि बढिसकेका तर हामी अझै गरिबीको चपेटामा पिल्सेको उल्लेख गरेका थिए । दुई देशबीच नेपाल भारतको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?