एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २८, २०८०
|
|
४७ पटक हेरिएको
Shares
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

सारांश

  • विदुर ।
  • बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।
  • आज विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद बिस्तार रोकिएको छ, अब एक हप्ताका सरकारले पूर्णता पाउनेछ”, उनले भने ।

विदुर । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।

आज विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद बिस्तार रोकिएको छ, अब एक हप्ताका सरकारले पूर्णता पाउनेछ”, उनले भने ।

उनले बजेट निर्माणको पूर्वसन्ध्यामा टुक्रे योजनामा प्रदेश तहबाट लगानी नगरिने पनि स्पष्ट पारे । “अब विकासको मोडेल नै परिवर्तन गर्नुपर्छ । प्रदेश सरकारले सानातिना टुक्रे योजना गर्दैन । साना योजना स्थानीय तहहरुलाई जिम्मा दिने र प्रदेशमा ठूलो योजना मात्र सञ्चालने गर्ने छौं”, मुख्यमन्त्री जममकट्टेलले भने ।

उनले कृषि उत्पादत्व वृद्धिका लागि प्रदेश सरकारले काम गरिरहेको भन्दै आगामी आर्थिक वर्षदेखि व्यक्तिलाई कृषि अनुदान दिन बन्द गरिने बताए । “कृषिमा व्यक्ति केन्द्रित र पहुँच केन्द्रित अनुदान वितरण हुँदै आएको छ । अब त्यस्तो अनुदान बन्द गर्दैछौँं”, उनले भने, “समुदायमा आधारित धेरैभन्दा धेरै किसानलाई समेट्ने गरी लगानी गर्ने योजनामा लागेका छौँ । आगामी आर्थिक वर्षबाट नै यो मोडालिटी सुरु हुनेछ ।”

मुख्यमन्त्री जमकट्टेलले सङ्घीयतामा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक पूर्वाधारलगायत विभिन्न क्षेत्रका महत्वपूण योजना सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ
कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने
संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने
मानवअधिकारवादीसहित १२ प्रहरी नियन्त्रणमा
मानवअधिकारवादीसहित १२ प्रहरी नियन्त्रणमा
चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
चिकित्सा शिक्षामा चर्काे शुल्कबाट मुक्त हुँदै विद्यार्थी
चिकित्सा शिक्षामा चर्काे शुल्कबाट मुक्त हुँदै विद्यार्थी
पुटिनको घोषणा : रुस बन्यो कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक
जापानका विदेशमन्त्री, फ्रान्स वदेश मन्त्रालयका महासचिव नेपाल आउँदै
जापानका विदेशमन्त्री, फ्रान्स वदेश मन्त्रालयका महासचिव नेपाल आउँदै
मुगुमा नूनको कोटा बढाउन माग
मुगुमा नूनको कोटा बढाउन माग

तपाईंले छुटाउनुभयो कि?