एचआइभी संक्रमितलाई निशुल्क औषधी : प्रम ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताएका छन् ।
- आज ३१ औं विश्व एड्स दिवसको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले एचआइभी संक्रमितलाई सरकारले निशुल्क औषधी व्यवस्था गरेको स्मरण गराए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताएका छन् । आज ३१ औं विश्व एड्स दिवसको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले एचआइभी संक्रमितलाई सरकारले निशुल्क औषधी व्यवस्था गरेको स्मरण गराए ।
“नेपालमा एचआइभी संक्रमितलाई सरकारले निशुल्क औषधी व्यवस्था गरेको छ,” प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, “सबै संक्रमितमा यो सेवा पु-याउन सरकारका स्वास्थ्य निकाय र एड्स विरुद्ध कार्यरत सबै संस्थालाई म आग्रह गर्छु । सबै संक्रमितले उपचार सेवा पाउनुपर्छ ।”
एचआइभी एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकतामा प्रधानमन्त्रीको जोड छ ।
दिगो विकासका लक्ष्यले स्वास्थ्यमानव समाजको परिकल्पना गरेको बताउँदै सन् २०३० सम्ममा एड्स रोग निर्मूल पार्ने रणनीतिलाई द्रुतगतिमा अघि बढाउनुपर्ने बताइएको छ ।
प्रतिक्रिया