एचआइभी संक्रमित पुगे सगरमाथाको चुचुरोमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ९, २०७६
|
|
६४ पटक हेरिएको
Shares
एचआइभी संक्रमित पुगे सगरमाथाको चुचुरोमा

सारांश

  • एचआइभी सङ्क्रमित पोखरा, रत्नचोकका ५६ वर्षीय गोपाल श्रेष्ठले आज बिहान सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
  • उहाँ सगरमाथाको आरोहण गर्ने पहिलो एचआइभी सङ्क्रमित नेपालीसमेत हुनुभएको जिकिर गरिएको छ ।
  • उहाँले बिहान ८ः१५ मा सगरमाथामा पाइला टेक्नुभएको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

एचआइभी सङ्क्रमित पोखरा, रत्नचोकका ५६ वर्षीय गोपाल श्रेष्ठले आज बिहान सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ सगरमाथाको आरोहण गर्ने पहिलो एचआइभी सङ्क्रमित नेपालीसमेत हुनुभएको जिकिर गरिएको छ । उहाँले बिहान ८ः१५ मा सगरमाथामा पाइला टेक्नुभएको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पूर्वराष्ट्रिय फुटबल खेलाडी उहाँले ‘स्टेप–अप क्याम्पेन : सेकेण्ड फेज एभरेष्ट एक्स्पिीडिशन’९अभियान अघि बढाऔँः दोस्रो चरणको सगरमाथा आरोहण० अन्तर्गत सगरमाथाको आरोहण गर्नुभएको हो ।

विसं २०७२ मा नै सगरमाथा चढ्ने योजना भए पनि त्यतिबेला गोरखा भूकम्पका कारण चढ्न नसकेको उहाँले राससलाई जानकारी दिनुभयो । श्रेष्ठले यो अभियानमार्फत समाज र देशमा एचआइभीसम्बन्धमा सचेतना फैलाउने लक्ष्य लिइएको बताउनुभयो । उहाँका अनुसार यस अभियानमार्फत एचआइभी सङ्क्रमित बालबालिकाको गुणस्तरीय शिक्षाका लागि सहयोग गरिने छ । विश्व कीर्तिमानी राख्नसमेत सफल हुनुभएका ड्रिमर्स डेष्टिनेशन ट्रेक्स एण्ड एक्स्पिीडिशनका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्व र आठ पटक आरोहण गरिसक्नुभएका आरोही दाकिपा शेर्पाकोे पथप्रदर्शनमा श्रेष्ठले आठ ८४८ मिटर अग्लो सगरमाथा आरोहण गर्नुभएको हो ।

उहाँले सन् २०१३ मा पाँच हजार ४१७ मिटर अग्लो थोराङ ला पास र सन् २०१४ मा छ हजार १८९ मिटर अग्लो आइल्याण्ड पिकको सफल आरोहण गरिसक्नुभएको थियो । उहाँले सन् २०१६ मा भर्जिन पिक÷खाङ कार्पीको समेत आरोहण गरिसक्नुभएको छ । सगरमाथाको सफल आरोहण गरेर श्रेष्ठले एचआइभी सङ्क्रमितले पनि जोखिम र चुनौतीपूर्ण काम गर्न सक्छन् भन्ने प्रमाणित गर्नुभएको छ । उहाँ देशको मात्रै नभएर विश्वका समेत सङ्क्रमितका लागि आशाको केन्द्र बन्नुभएको छ । एचआइभी सङ्क्रमितलाई गरिने विभेदका विरुद्धमा सन्देश दिने उद्देश्यले यो काम गरेको आरोही श्रेष्ठले बताउनुभयो ।

उहाँमा २५ वर्ष पहिले एचआइभी सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सुईको प्रयोग गर्दा उहाँमा एचआइभी सरेको थियो । सन् २०१७ को विश्व स्वास्थ्य संगठनको तथ्याङ्कानुसार अहिले विश्वभरमा एचआइभी सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाख छ । नेपालभर ३१ हजार २० एचआइभी सङ्क्रमित रहेको नेशनल सेण्टर फर एड्स एण्ड एसटिडी कन्ट्रोलले जनाएको छ । नेपालमा एचआइभीलाई महामारीका रुपमा लिइन्छ । रासस

(https://teamtapper.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइई को परीक्षाफलका कारण परीक्षा नियन्त्रक कारबाहीमा
एसइई को परीक्षाफलका कारण परीक्षा नियन्त्रक कारबाहीमा
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
फूलचोकी जंगलमा हराएका १३ जनाको उद्धार
फूलचोकी जंगलमा हराएका १३ जनाको उद्धार
भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
पहिरोले कन्टेनर र जिप बगायो
पहिरोले कन्टेनर र जिप बगायो
वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: अध्यक्ष नेपाल
वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: अध्यक्ष नेपाल
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
ढुङ्गा हान्नेलाई परराष्ट्रमन्त्री ज्ञवालीले बर्साए फूलको थुङ्गा, त्यसपछि यस्तो घम्साघम्सी
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
बारामा एकै परिवारका ४ सहित ५ जनाको शव फेला
बारामा एकै परिवारका ४ सहित ५ जनाको शव फेला
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?