एमाले नेता शेरधन राई बने प्रदेश सभाको उम्मेदवार
सारांश
- १८ असोज, भोजपुर ।
- एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व सन्चारमन्त्री शेरधन राई प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् ।
- प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीका दाबेदार मानिएका राईलाई भोजपुर २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष प्रेमकुमार राईले बताए ।
१८ असोज, भोजपुर । एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व सन्चारमन्त्री शेरधन राई प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् ।
प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीका दाबेदार मानिएका राईलाई भोजपुर २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष प्रेमकुमार राईले बताए ।
यस क्षेत्रबाट उनको मात्र नाम सिफारिस भएको छ । अहिलेसम्म प्रदेश सभाको उम्मेदवारमा सिफारिस भएका राई सबैभन्दा उच्च तहका नेता हुन् ।
यसअघि २ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसकेका राई यसपटक प्रदेश सभाको उम्मेदवार बनेका हुन् । २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर कान्छो सांसद बनेका राई अहिले एमालेको १ नम्बर प्रदेश सहसंयोजक छन् ।
प्रतिक्रिया