एमाले–माओवादी एकता कांग्रेसले थेग्न सक्दैन : डा शेखर कोइरा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
एमाले–माओवादी एकता कांग्रेसले थेग्न सक्दैन : डा शेखर कोइरा

सारांश

  • काठमाडाै, ४ जेठ ।
  • एमाले र माओवादी केन्द्रबीच एकता भैसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु एकताप्रतिकाे भनाइर्हरू बाहिरिन थालेका छन ।
  • केही नेताहरुले एकताप्रति खुशी व्यक्त गरेका छन् भने केहीले भने एकताप्रति बेखुशी व्यक्त गरेका छन् ।

काठमाडाै, ४ जेठ । एमाले र माओवादी केन्द्रबीच एकता भैसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु एकताप्रतिकाे भनाइर्हरू बाहिरिन थालेका छन ।

केही नेताहरुले एकताप्रति खुशी व्यक्त गरेका छन् भने केहीले भने एकताप्रति बेखुशी व्यक्त गरेका छन् । नेता मिन विश्वकर्माले भने,‘उहाँहरुको एकतालाई लिएर हामी खुशी छौं, अब कांग्रेस सशक्त र एक भएर अघि बढ्छ, उहाँहरुको एकता हाम्रो लागि खुशीको कुरा हो।’

उनले कांग्रेस मिलाउनकोलागिपनि एमाले–माओवादीबीचको एकता आफूहरुको लागि वरदान सावित भएको बताए ।

अर्का नेता डा. शेखर कोइरालाले कांग्रेस नेतृत्व सशक्त नभएको अवस्थामा एमाले–माओवादी एकता भएकोले कांग्रेसले एकिकृत पार्टी थेग्न नसक्ने बताए ।

उनले भने,‘कांग्रेसले एमाले र माओवादी केन्द्रको एकता थेक्न सक्दैन ।’
स्रोतका अनुसार एमाले–माओवादी एकताप्रति कांग्रेस सभापति शेरबहादुर देउवा पनि बेखुशी छन् । सकेसम्म देउवा दुई पार्टीबीचको एकता नहोस् भन्ने पक्षमा थिए ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Pokharel Raj

    कहाँ जान्छौ त कोइराला बाजे ?????? अब काला , चैते अनि फटाहा काङ्ग्रेस हरुका झुट बोलेर भोट बटुल्ने दिन सकिए ।

    Comment Author

    Kc Ganesh

    अब कुम्ला कुटुरा तयार पारेर भारत काे टिकट लिदा भयाे नि,थेग्न नसकी किन बस्नु त !

    Comment Author

    Dhiraj Jung Karki

    Aba India tira gaya hunxa

    Comment Author

    Narayan Regmi

    कांग्रेस सक्नेलाई नै साथ दिन्छौ अनि कसरि थेग्न सक्छ त

    Comment Author

    Prakash Koirala

    काेठिमा भाडा माझ्नगएहुन्छ

    Comment Author

    Prem Pd Dhakal

    Yestale ta sannyas liyera base hunxani

    Comment Author

    Ratan Bahadur Malla

    जय नेपाल

    Comment Author

    Surendra Adhikari

    राजा र हिन्दु धर्म लाइ साथ मा लियेर हिड्ने काम गर कोइराला बाजे।गिरिजाले गरेको गल्ती सुधार ।देस र जनताको लागी राम्रो हुन्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?