एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २३, २०७४
|
११
|
६७ पटक हेरिएको
Shares
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास

सारांश

  • २३ कात्तिक, काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावी सभालाई संयुक्तरुपमा सम्वोधन गर्ने भएका छन् ।
  • यसलार्इ पार्टी एकताको अभ्यास र वाम गठबन्धनका उम्मेदवारलार्इ जिताउने अभियानको थालनीको रूपमा लिइएको ।

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावी सभालाई संयुक्तरुपमा सम्वोधन गर्ने भएका छन् । यसलार्इ पार्टी एकताको अभ्यास र वाम गठबन्धनका उम्मेदवारलार्इ जिताउने अभियानको थालनीको रूपमा लिइएको । पार्टी एकताको अभ्यासको शुरूवात भने बुधबारै काठमाडौं क्षेत्र नम्बर २ बाट नै शुरू गरिएको छ जहाँ माओवादी केन्द्रको चुनावी सभालार्इ एमाले नेता माधव नेपाल प्रमुख अतिथि बनेर सम्वोधन गरे ।

चुनावलाई लक्षित गर्दै एमाले र माओवादीले चुनावी कार्यक्रम अन्तर्गत ताप्लेजुङ-दार्चुला अभियान शुरु गरेका छन् । १९ कात्तिकमा ताप्लेजुङमा भएको सभामा प्रचण्ड उपस्थित हुन नसकेपछि ओलीले मात्रै सम्वोधन गरेका थिए ।

वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्ने र पार्टी एकताको सन्देश दिने गरी संयुक्त चुनावी सभा र प्रशिक्षण शुरू गरिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अभियानको क्रममा शीर्ष नेताहरु पुग्न नभ्याएको स्थानमा दुबै पार्टीका नेताहरुले अनुकुल मिलाएर सम्वोधन गर्ने योजना बनाइएको छ ।

गोर्खाबाट ओली र प्रचण्डको संयुक्त सम्वोधन शुरू हुने

ओली र प्रचण्डको संयुक्त चुनावी सभा भने आगामी २९ गते गोर्खाबाट शुरु हुनेछ । गोर्खाका चार स्थानमा सभा आयोजना हुने वाम गठबन्धनका नेताहरुले बताएका छन् ।

वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक प्यानलबाट डा. बाबुराम भट्टराई उम्मेदवार बनेकाले गोर्खाको विशेष चर्चा हुने गरेको छ ।

गोर्खापछि कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ ।

झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार छन् । झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ ।

यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ ।

माओवादी सभामा माधव नेपाल प्रमुख अतिथि

यसैबीच एमाले र माओवादीले काठमाडौंबाट पार्टी एकताको अभ्यासको थालनी पनि गरेका छन् । यसैक्रममा काठमाडौं क्षेत्र नम्बर २ ले बुधबार आयोजना गरेको चुनावी कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा सहभागी भएका छन् ।

दुबै दलका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिले आ-आफ्ना पार्टी कमिटीमा गरेको सर्कुलरमा पनि एमालेको कार्यक्रमलाई माओवादीले र माओवादीको कार्यक्रमलाई एमालेका नेताहरुले सम्वोधन गर्ने उल्लेख छ ।

चुनावका हरेक कार्यक्रम संयुक्त व्यानरमा गर्न र संयुक्त चुनाव प्रचार समिति गठन गर्न पनि निर्देशन दिइएको छ । सोही निर्देशन अनुसार पत्रकार भेटघाट, भेला, प्रशिक्षण लगायतका कार्यक्रम एउटै ब्यानरमा एमाले र माओवादीको चुनाव चिह्न राखेर हुँदै आएको छ ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Shital Prasad Sah

    Good work

    Comment Author

    Ram Baniya

    ramro suruwaat

    Comment Author

    Janak Prasad Adhikari

    प्रचण्डलाई अलमल्याएर चितवनमा हराउने मेसो ।

    Comment Author

    Kiran Rai

    oe bahun kata kasi tira hideko ho

    Comment Author

    Khemraj Paudel

    Raroo kura aaba des bikas tira hedxa ke .

    Comment Author

    Bhandari Govinda

    Good exercise kamred heru

    Comment Author

    Shankar Kumar Shrestha

    उखाने र ….खानेको जोडि।।।

    Comment Author

    Heera Gurung

    छेत्री बाहुन, गुरुङ , मगर जे होस् सबै राम्रै हुन् … तर एउटा कुरा सबैले मान्छे बन्नु जरुरि छ , .…र बिशेष यी दुइले .

    Comment Author

    Bishnu Prasad Dahal

    खपु जाेडी।

    Comment Author

    Chhongba Sherpa

    दुई भाई मिलेरा देस सिदउने बयो होशियार ल !

    Comment Author

    Kashinath Timsina

    Yatra safal rahos

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Amitabh and Abhishek Bachchan enjoys the semi finals of FIFA World Cup in Russia, see pics
Amitabh and Abhishek Bachchan enjoys the semi finals of FIFA World Cup in Russia, see pics
इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम
इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउँछौँ : मुख्यमन्त्री शाह
तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउँछौँ : मुख्यमन्त्री शाह
मोरङ १ मा घनश्यामलाई न्याय, डिगबहादुरलाई सजायँ !
मोरङ १ मा घनश्यामलाई न्याय, डिगबहादुरलाई सजायँ !
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
सरकारको कामप्रति नेकपाभित्रै असन्तुष्टि
केशव लम्साल  बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
केशव लम्साल बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
स्थानीय सरकारलाई बाधैबाधा
स्थानीय सरकारलाई बाधैबाधा

तपाईंले छुटाउनुभयो कि?