एम्बुलेन्स नआएपछि नुवाकोटबाट बाइक चलाएरै टेकु पुगे नुवाकोटका कोरोना संक्रमित

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १२, २०७७
|
|
४५ पटक हेरिएको
Shares
एम्बुलेन्स नआएपछि नुवाकोटबाट बाइक चलाएरै टेकु पुगे नुवाकोटका कोरोना संक्रमित

सारांश

  • विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उद्दारमा ढिलाई हुँदा आफैं अस्पताल गएका छन्।
  • उद्दारका लागि एम्बुलेन्स नगएपछि संक्रमित आफैं मोटरसाइकल चलाएर काठमाडौं पुगेका हुन्।
  • ‘हामीसँग एम्बुलेन्स थिएन, उनको उद्धारका लागि सम्भावित सबैतीर एम्बुलेन्स पठाउन अनुरोध गरियो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उद्दारमा ढिलाई हुँदा आफैं अस्पताल गएका छन्। उद्दारका लागि एम्बुलेन्स नगएपछि संक्रमित आफैं मोटरसाइकल चलाएर काठमाडौं पुगेका हुन्। ‘हामीसँग एम्बुलेन्स थिएन, उनको उद्धारका लागि सम्भावित सबैतीर एम्बुलेन्स पठाउन अनुरोध गरियो। तर, कोही आएनन्’, ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडाले भनिन्।

उनका अनुसार पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएका नुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैँ मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल पुगेका हुन्। संक्रमित फेला परेपछि चाउथेको ढुंगानागाउँ सिल गरिएको उपाध्यक्ष खतिवडाको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालयसँग सिल गरिएको ढुंगानागाउँका सबै घरका सदस्यको पीसीआर परीक्षण गर्न माग गरिएको छ। संक्रमित पुरुषका परिवारमासमेत १५ जना भन्दा बढी नातेदार छन्। संक्रमित पुरुष ककनी-३ चाउथे ढुंगानागाउँका हुन्। उनी सक्रिय राजनीतिक कार्यकर्ता हुन्। उनी अधिकांश समय काठमाडौं र गाउँ ओहोरदोहोर गरिरहन्थे।

उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको थियो। तत्काल उनी स्वास्थ्य सुरक्षाका साथ अस्पताल जान तयार भएर बसे पनि कतैबाट पनि एम्बुलेन्स तथा अन्य साधन नआएपछि आफैँले मोटरसाइकल चलाएर अस्पताल गएका हुन्।

नुवाकोट जिल्ला अस्पताल त्रिशूली, टेकु अस्पताल काठमाडौं महानगरपालिकालगायतका ठाउँमा एम्बुलेन्सका लागि टेलिफोन गरे पनि उपलब्ध नभएपछि उनी आफैं मोटरसाइकल चलाएर काठमाडौं पुगेका हुन्।

उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुलेको छैन। उनी गाउँबाट काठमाडौं आउजाउ गरिरहन्थे। उनी एउटा राजनीतिक दलको बागमती प्रदेश सदस्यसमेत हुन्। नुवाकोटको ककनी-३ काठमाडौंसँग सीमा जोडिएको क्षेत्र हो। ककनीबाट काठमाडौं पुग्दा उनलाई दुई घण्टा लागेको थियो। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष
गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
सांसद कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने
सांसद कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने
ओली पाँच वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष
ओली पाँच वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष
छालाको यस्तो रोग किन, कसरी र कसलाई हुन्छ ?
छालाको यस्तो रोग किन, कसरी र कसलाई हुन्छ ?
भदौ ३ गते मंगलबारको राशिफल यस्तो छ
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन
नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया

तपाईंले छुटाउनुभयो कि?