ओलीको ट्वीट काण्ड: दाहाललाइ ओलीले भने ‘सरी.. माईन्ड नगर्नुस !’

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
५४ पटक हेरिएको
Shares
ओलीको ट्वीट काण्ड: दाहाललाइ ओलीले भने ‘सरी.. माईन्ड नगर्नुस !’

सारांश

  • काठमाडाै, २६ वैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई स्पष्टिकरण दिएका छन्।
  • बुधबार विहान भएको एकान्तवार्तामा प्रचण्डले त्यसबारे प्रश्न गरेपछि ओलीले आफ्नो सचिवालयमा कार्यरतहरुले आफ्नो कुरै नबुझी त्यस्तो ट्वीट गरिदिएको जवाफ दिएका हुन्।

काठमाडाै, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई स्पष्टिकरण दिएका छन्।

बुधबार विहान भएको एकान्तवार्तामा प्रचण्डले त्यसबारे प्रश्न गरेपछि ओलीले आफ्नो सचिवालयमा कार्यरतहरुले आफ्नो कुरै नबुझी त्यस्तो ट्वीट गरिदिएको जवाफ दिएका हुन्।

कुराकानीको सुरुमै प्रचण्डले ट्वीटमार्फत् ओलीले आफूलाई सत्तासमीकरण फेरबदलमा बानी परेको भनेर आरोपित गर्न खोजेको भन्दै आक्रोस पोखेका थिए।

ओलीले राष्ट्रिय सुरक्षा परिषदको १७ औं बार्षिकोत्सबमा बोलेको कुरालाई आधार बनाएर ट्वीट गर्नुपर्नेमा संसदीय दलमा बोलेको कुरालाई आधार बनाएर ट्वीट गरिएको बताएका थिए।

‘मेरो भनाई बिखण्डनवादीहरुप्रति लक्ष्यित थियो, तर सचिवालयका साथीहरुले त्यस्तो ट्वीट गरिदिनु भएछ’ ओलीको जवाफ थियो, ‘त्यो कुरा मैले पछिमात्र थाहा पाएँ।’

‘सचिवालयका साथीहरुको गल्तीले त्यस्तो हुन गएको’ भन्दै ओलीले क्षमायाचनाका साथ यो कुरालाई मनमा नराख्न आग्रह गरेका थिए।

विहान साढे ९ बजेदेखि भएको एकान्त वार्तामा प्रचण्डले चुनाव सम्पन्न भएयता ओलीको तर्फबाट भएका गल्तीबारे गुनासो गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिस्टहरूबिच ‘नेकपा’ का लागी द्वन्द्व, अब के हुन्छ ?
कम्युनिस्टहरूबिच ‘नेकपा’ का लागी द्वन्द्व, अब के हुन्छ ?
पार्टी एकताको गृहकार्य : माओवादी बैठक जारी, एमालेको साँझ बस्ने
पार्टी एकताको गृहकार्य : माओवादी बैठक जारी, एमालेको साँझ बस्ने
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
सडक डिभिजन कार्यालयका इन्जिनियर श्रीमतीसहित पक्राउ
सडक डिभिजन कार्यालयका इन्जिनियर श्रीमतीसहित पक्राउ
सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
साउदीका नेपाली श्रमिकलाई अकामा नवीकरणकै पिर
साउदीका नेपाली श्रमिकलाई अकामा नवीकरणकै पिर
गायक रामकृष्ण ढकालको डिभोर्स
गायक रामकृष्ण ढकालको डिभोर्स
मनाेरञ्जन समाचार :जब सलमान खानका कारण पिता सलिम खानले माफी मागे
मनाेरञ्जन समाचार :जब सलमान खानका कारण पिता सलिम खानले माफी मागे

तपाईंले छुटाउनुभयो कि?