ओलीलाई मोदीले दिए यस्तो सप्राइज

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र २४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
ओलीलाई मोदीले दिए यस्तो सप्राइज

सारांश

  • नयाँदिल्ली : तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् ।
  • शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो ।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

नयाँदिल्ली : तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

पूर्वनिर्धारित कार्यक्रमभन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि पत्रकारसँग ओलीले भने, ‘नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको छ ।’भारतसँगको असमझदारी हटेको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले असमझदारी यसअघि नै हटिसकेको बताए ।

‘नेपाल-भारतबीच त्यस्तो असमझदारी केही पनि थिएन’, प्रधानमन्त्री ओलीले भने, ‘भएका असमझदारी यसअघि नै घटिसकेका छन् ।’ओली र मोदीको भेटवार्तामा जलविद्युत्मा लगानी, रेलमार्ग निर्माणको विषयमा समेत कुराकानी भएको छ । दुई प्रधानमन्त्रीबीच भएको कुराकानीको विस्तृत विवरण भने आउन बाँकी छ ।

ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सल्लाहकार विष्णु रिमालसमेत नलिई मोदीलाई भेट गर्न रेसकोर्स गएका थिए ।

भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै सरप्राइज भेट गरेका थिए ।

यसअघि नेपाल एयरलायन्सको विमानबाट बिहान १०.४५ मा दिल्ली आइपुगेका ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

सिंह भारतीय जनता पार्टीका तेस्रो वरीयताका नेता तथा पार्टीका पूर्वअध्यक्ष हुन् । ओलीको स्वागतका लागि सिंहसँगै भारतीय वित्तीय राज्यमन्त्री शिवप्रताप शुक्ल पनि विमानस्थल पुगेका थिए । नेपाली दूतावासका तर्फबाट ओलीको स्वागतका लागि कार्यवाहक राजदूत भरतकुमार रेग्मी विमानस्थल पुगेका थिए । भारत सरकारले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था गरेको छ । विमानस्थलबाट सीधै राष्ट्रपति भवन पुगेका ओली केही बेरको आरामपछि धौलाकुँवास्थित ताज प्यालेसमा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरेका थिए ।

राजनीतिक भेटघाट

भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भारतीय वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेट गरी राजनीतिक भेटघाट सुरु गरेका छन् । यादवसँगको भेटपछि ओलीले भारतीय प्रमुख प्रतिपक्ष दलका अध्यक्ष राहुल गान्धीसँग भेटेका छन् । डिसेम्बरमा कांग्रेस आई अध्यक्षको जिम्मेवारी सम्हालेका राहुलले नेपालका उच्च राजनीतिज्ञलाई भेटेको यो पहिलो हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
मधेश प्रदेशका जिल्लामा अझै सुरु भएन मतगणना
मधेश प्रदेशका जिल्लामा अझै सुरु भएन मतगणना
जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति
जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
विपक्षीबिनाको निर्वाचनपछि बंगलादेशमा हसिनालाई ‘पूर्ण विजय’ प्राप्त
विपक्षीबिनाको निर्वाचनपछि बंगलादेशमा हसिनालाई ‘पूर्ण विजय’ प्राप्त
मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु
पर्वतका ३२ वनमा आगलागी
पर्वतका ३२ वनमा आगलागी
चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी
चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी

तपाईंले छुटाउनुभयो कि?