ओलीले बामदेवलाई अलमलाउनुको संकेत

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १, २०७७
|
|
४० पटक हेरिएको
Shares
ओलीले बामदेवलाई अलमलाउनुको संकेत

सारांश

  • काठमाडौं, १ असोज ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा विशेषता छ( भेट्न आउनेलाई घन्टौं कुराउने ।
  • उनले ती व्यक्तिलाई बढी कुराउँछन् जोसँग उनको निकटता कम छ र सकारात्मक पनि हुँदैनन् ।

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा विशेषता छ( भेट्न आउनेलाई घन्टौं कुराउने । उनले ती व्यक्तिलाई बढी कुराउँछन् जोसँग उनको निकटता कम छ र सकारात्मक पनि हुँदैनन् । ओलीले आफ्नै दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत बालुवाटार डाकेर धेरै समय कुराएको घटनाहरु छन् ।

ओलीले भेट्न आएकालाई कुराएर कुनै न कुनै सन्देश दिन खोज्छन् । यसपटक बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिशका लागि त्यस्तै शैली देखाए ।

गौतमलाई राष्ट्रियसभामा मनोनित सदस्य बनाउने निर्णय नेकपा सचिवालको अहिलेको होइन । तीन महिना अघिको यो निर्णय कार्यान्वयन गर्न ओलीले निकै अलमल गरे । पार्टीको तीन हप्ता अघि सम्पन्न सचिवालय बैठकमा दबाब बढेपछि उनले विगतको निर्णय कार्यान्वयन गर्ने बताए ।

बोलेको दुई हप्ता पछि सोमबार बल्ल बामदेवबारे निर्णय भयो । अझै पनि राष्ट्रपतिबाट सरकारको निर्णय बमोजिम बामदेव मनोनित भइसकेका छैनन् । सम्भवत आज यसबारे निर्णय आउने बताइएको छ । तर, सरकारले निर्णय गरेको चार दिनसम्म पनि यो अलमलमा छ । बरु क्याबिनेटका मन्त्रीहरुले चाल नपाउने गरी निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारमा नियुक्ति भइसकेको छ । उनले काम समेत थालिसकेका छन् ।

बामदेवलाई भने ओलीले निरन्तर अलमलाइरहेका छन् । यसका पछाडि उनलाई उपप्रधानमन्त्रीसहित मन्त्रीमा नलाने संकेतका रुपमा पनि लिइएको छ । गौतम सांसद बन्न मात्र राष्ट्रियसभामा आउन लागेका होइनन् । उनको चाहना उपप्रधानमन्त्रीसहित अर्थ या गृहमन्त्री बन्ने छ । अर्थमा युवराज फेरि हावी भइसकेका छन् । त्यहाँ ओलीले लगिहाल्ने सम्भावना क्षीण छ ।

गृहमा रामबहादुर थापा बादल छन् । बादललाई पन्छाउन ओली तयार देखिने सम्भावना क्षीण छ । त्यसैले सरकारमा लानेमा गौतमलाई ओलीले अलमलाउन सक्छन् । यसको संकेत मिलिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूला दलले मानेनन् कानुन, अब करोड जरिवाना तिर्नुपर्ने
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, हिमाली भू-भागमा हिमपात हुने
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, हिमाली भू-भागमा हिमपात हुने
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
युक्रेनबाट भारतले नेपालीको पनि उद्दार गर्ने
युक्रेनबाट भारतले नेपालीको पनि उद्दार गर्ने
बेँसीसहर–चामे सडक स्तरोन्नति काम ४० प्रतिशत मात्र
बेँसीसहर–चामे सडक स्तरोन्नति काम ४० प्रतिशत मात्र
फुलह्याममाथि चेल्सीको १-० को जित
फुलह्याममाथि चेल्सीको १-० को जित