ओली लचिलो बन्दै, एमाले विवाद रोक्न सहमतिको सुत्र बन्दै

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २५, २०७८
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • नेकपा एमालेको विभाजन रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली लचिलो देखिएका छन् ।
  • उनले सहमतिका लागि आफूपक्षीय केही नेताहरुलाई सक्रिय बनाएका छन् ।
  • माधव नेपाल समूहका प्रभावशाली नेताहरुलाई बालुवाटार डाकेर ओलीले सहमतिको बटमलाइन तय गर्न छलफल समेत गरेका छन् ।

नेकपा एमालेको विभाजन रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली लचिलो देखिएका छन् । उनले सहमतिका लागि आफूपक्षीय केही नेताहरुलाई सक्रिय बनाएका छन् । माधव नेपाल समूहका प्रभावशाली नेताहरुलाई बालुवाटार डाकेर ओलीले सहमतिको बटमलाइन तय गर्न छलफल समेत गरेका छन् ।

सहमति बनाउन सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र घनश्याम भुसाल बालुवाटारमा बसेर ओली समूहका नेताहरुसँग छलफलमा छन् । ओली समूहका विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र विष्णु रिमालसँग बसेर सहमतिको सुत्र बनाउन व्यस्त रहेको बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएसँगै एमालेभित्र एकताको सूत्र तयार गर्ने पहल बढेको हो । सम्भवत भण्डारीकै उपस्थितिमा ओली र नेपालबीच भेटवार्ताको सम्भावना रहेको छ । त्यो भेटबाट दुवै नेताबीच सहमति निकाल्ने प्रयास हुने बुझिएको छ ।

२७ वैशाखमा विश्वासको मत लिनुपर्ने दबाब बढ्दै जाँदा ओलीले नेपालसँग सहमति बनाउन खोजेका हुन् । यसका लागि २ जेठ २०७५ मा फर्कनुपर्ने नेपालको बटमलाइनलाई केही संशोधन गरी ओली सहमति निकाल्ने पक्षमा देखिएको बुझिएको छ । त्यही सूत्र तयार गरेर सहमति निकाल्न नेताहरु लागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?