ओली सरकारको आलोचना गर्ने बेला भएको छैन: पूर्वमन्त्री न्यौपाने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
ओली सरकारको आलोचना गर्ने बेला भएको छैन: पूर्वमन्त्री न्यौपाने

सारांश

  • काठमाडौं,२६ असोज ।
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास भनेका जादुको छडी नरहेको बताएका छन् ।
  • देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनैपनि सम्झौता नगर्ने उनले स्पष्ट पारे ।

काठमाडौं,२६ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास भनेका जादुको छडी नरहेको बताएका छन् । देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनैपनि सम्झौता नगर्ने उनले स्पष्ट पारे ।  राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री न्यौपानेले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास र समृद्धिका लागि काम गरेको भन्दै सरकारको आलोचना गर्न आवश्यक नरहेको बताए । सरकारले जनताका पक्षमा काम गरिरहेको पनि उनले जानकारी गराएका छन ।

प्रधानमन्त्री ओलीको बचाउ गरेका न्यौपानेले विकासमा सरकारको उच्च ध्यान रहेको जनाएका छन । ‘विकास भनेको जादुको छडी होइन’, उनले भने, ‘विकास भइरहेको छ । सरकार बनेको भर्खरै छ महिना पुगेको छ । यस्तो अवस्थामा केही पनि काम भएन भन्नु पूर्वाग्रही कुरा हो ।’ न्यौपानेले वर्तमान सरकारको आलोचना नगर्न आग्रह गरे । ‘दुई तिहाईको यो सरकारलाई काम गर्न दिनुपर्छ’, उनले भने, ‘काम गरेको छ वा छैन भनेर मूल्यांकन गर्ने अहिले होइन । जे जति काम भएको छ त्यो धेरै राम्रो भएको छ । कार्यक्रममा पूर्वमन्त्री न्यौपानेले ‘तिमी हुन्छ मात्र भन…’ बोलको म्युजिक भिडियोको सार्वजनिक गरेका थिए । कार्यक्रममा जनता डिजिटल एण्ड फिल्मस् प्रालिको ब्यानरमा बनेको निरबहादुर बम्जनको लोकपप गीत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला
सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला
धनगढी एक साताका लागि ‘लकडाउन’
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै
उपत्यका प्रहरी : कारवाहीभन्दा पुरस्कृत धेरै
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
औरहीमा संघीय समाजवादी फोरमलाई ६ मत अन्तरले हराउँदै माओवादी विजयी
औरहीमा संघीय समाजवादी फोरमलाई ६ मत अन्तरले हराउँदै माओवादी विजयी
उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)
उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)
चोरी गर्ने पक्राउ
चोरी गर्ने पक्राउ
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
प्रधानमन्त्रीका अभिव्यक्तिले स‌ंवैधानिक संकट निम्तिने खतरा : नेता सिंह
प्रधानमन्त्रीका अभिव्यक्तिले स‌ंवैधानिक संकट निम्तिने खतरा : नेता सिंह