कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ६, २०७३
|
|
२५५ पटक हेरिएको
Shares
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो

सारांश

  • आगामी असोजमा पनि राजधानीबासीका धारामा मेलम्चीको पानी नआउने सम्भावना लगधग टरेको छ ।
  • योजनाअनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको खबर आजको नागरिकमा छ ।
  • आयोजनाका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालिएन मम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेटिस्टी (सिएमसी) ले खन्ने उपकरण ब्रेक डाउन सुरुङको मुख टाढा भएको, नयाँ जगेडा पार्ट पुर्जा तथा स्पेयर्स पार्ट नभएको बाहना गर्दै काममा आलटाल गर्दा असोजमा राजधानीमा पानी ल्याउने योजना पूरा नहुने देखिएको हो।

आगामी असोजमा पनि राजधानीबासीका धारामा मेलम्चीको पानी नआउने सम्भावना लगधग टरेको छ । योजनाअनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको खबर आजको नागरिकमा छ ।

आयोजनाका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालिएन मम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेटिस्टी (सिएमसी) ले खन्ने उपकरण ब्रेक डाउन सुरुङको मुख टाढा भएको, नयाँ जगेडा पार्ट पुर्जा तथा स्पेयर्स पार्ट नभएको बाहना गर्दै काममा आलटाल गर्दा असोजमा राजधानीमा पानी ल्याउने योजना पूरा नहुने देखिएको हो।

यसअघि आयोजनाले असोजभित्र मेलम्चीको पानी राजधानी ल्याउने जनाएको थियो। आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दबाडी ‘अहिलेकै गतिमा सुरुङ खन्ने काम भइरहे असोजभित्रै मेलम्चीको पानी आउने सम्भावना न्यून रहेको’ बताउँछन्। ‘सुरुङ खन्ने काम अहिलेको गतिले समयमा मेलम्चीको पानी ल्याउन सकिने सम्भावना कम देखिन्छ’ उनले भने, ‘तर पनि असोजभित्रै पानी ल्याउन सकिन्छ कि भनेर सम्झौताअनुसार काम गर्न ठेकेदार कम्पनीहरुलाई ताकेता गरिरहेका छौं।’

असोज महिनाभित्रै मेलम्चीको पानी ल्याउने यसअघिको कार्ययोजना अनुसार उपत्यकाका सडकमा पाइप बिच्छ्याउने काई भने चलिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
बलात्कार प्रकरण : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन
बलात्कार प्रकरण : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन
आजको मौसमः कतै भारी बर्षा तथा कतै छिटपुट बर्षा हुने
आजको मौसमः कतै भारी बर्षा तथा कतै छिटपुट बर्षा हुने
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
नेपाल लगानीका लागि उपयुक्त थलो : अर्थमन्त्री
नेपाल लगानीका लागि उपयुक्त थलो : अर्थमन्त्री
भोलि बिहान पशुपति आर्यघाटमा  नेम्वाङको अन्त्येष्टी गरिने
भोलि बिहान पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टी गरिने
श्रीमतीको लौरो प्रहारबाट श्रीमानको मृत्यु
श्रीमतीको लौरो प्रहारबाट श्रीमानको मृत्यु
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा

तपाईंले छुटाउनुभयो कि?