नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा

सारांश

  • काठमाडौं, पुस २४ ।
  • नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को वार्षिक साधारणसभा एवं निर्वाचन सम्बन्धमा अध्यक्षका प्रत्यासी एवम् संघका द्वितिय उपाध्यक्ष दिपेन्द्र कुमार शर्माले आफ्नो उम्मेदवारी नाट्टालाई राजनीतिक कृडा स्थलबाट मुक्त गर्न र पूर्ण व्यवसायीक संस्थाको पहिचान दिनको लागिरहेको बताएका छन् ।
  • संक्षिप्त कुराकानी गर्दै शर्माले हामीले नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि समावेशी टिम बनाएका छौं भन्दै नाट्टाको साख गिर्न नदिनको लागि आफ्नो अभियान रहेको हुँदा सम्पूर्ण अग्रज तथा नाट्टा सम्बद्ध व्यवसायीहरुलाई सहयोग गरिदिनुहुन आग्रह गरेका छन् ।

काठमाडौं, पुस २४ । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को वार्षिक साधारणसभा एवं निर्वाचन सम्बन्धमा अध्यक्षका प्रत्यासी एवम् संघका द्वितिय उपाध्यक्ष दिपेन्द्र कुमार शर्माले आफ्नो उम्मेदवारी नाट्टालाई राजनीतिक कृडा स्थलबाट मुक्त गर्न र पूर्ण व्यवसायीक संस्थाको पहिचान दिनको लागिरहेको बताएका छन् ।

संक्षिप्त कुराकानी गर्दै शर्माले हामीले नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि समावेशी टिम बनाएका छौं भन्दै नाट्टाको साख गिर्न नदिनको लागि आफ्नो अभियान रहेको हुँदा सम्पूर्ण अग्रज तथा नाट्टा सम्बद्ध व्यवसायीहरुलाई सहयोग गरिदिनुहुन आग्रह गरेका छन् ।

‘अब पनि हामी चुप बस्यौं भने राजनीतिकरण अझ बढ्छ । त्यसको अन्त्यका लागि पनि मेरो समूहको नेतृत्व नाट्टामा जान जरुरी थियो । हामीमा कुनै स्वार्थ छैन । सहमतिको नाममा नाट्टाका वर्तमान कार्यसमितिलाई समेत गुम्राहामा राखेर सहमति भनियो त्यो हामीलाई थाहै छैन, कस्तो सहमति कहाँ कसरी भएको सहमति हो । हामीलाई पनि थाहा हुनु पथ्र्यो नि ? यो अत्यन्तै दुःखद पक्ष हो । त्यसकारण व्यवसायी साथीहरुले वास्तविकता बुझ्नुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

व्यवसायीहरु पनि नाट्टामा गैरराजनीतिक र व्यवसायीक नेतृत्वकै खोजीमा रहेको भन्दै उनले संस्थापन पक्षको तर्फबाट आफ्नो नेतृत्वमा व्यवसायीले खोजे अनुसारको व्यवसायीक टिम बनेको जिकिर पनि गरे ।

शर्माले नाट्टाले सुरुवात गरेका कामहरुलाई पूर्णता दिने, कर, भ्याटलगायत व्यवसायीक समस्यालाई सम्बोधन गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा लागिपर्ने आफ्नो समूहको मुलभुत एजेण्डा रहेको बताए ।

शर्मा डिके टूर्स एन्ड ट्राभलका संचालक हुन । विगत लामो समयदेखि पर्यटनमा आबद्ध शर्मा सन् २००२ देखि नाट्टामा छन् । सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालेका उनले हाल (सन् २०१६ देखि २०१८) द्वितिय उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेका छन् । चुनाव यही पुस २८ गते हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?