ओली र प्रचण्डबीच आज ‘आइसब्रेक’ होला त ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २६, २०७७
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्यहरु बैठकमा जान तम्सन्छन् ।
  • कडा बोल्छु भन्दै तयारी गर्छन् ।
  • तर, फयाट्ट खबर आउँछ बैठक स्थगित ।

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्यहरु बैठकमा जान तम्सन्छन् । कडा बोल्छु भन्दै तयारी गर्छन् । तर, फयाट्ट खबर आउँछ बैठक स्थगित । यसरी तीन पटक बैठक स्थगित भएको छ । आज पनि बैठक बस्न नबस्ने टुंगो छैन । मिति भने आजको लागि तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली कुनै हालतमा प्रधानमन्त्री र अध्यक्ष पद छाड्न मानेका छैनन् । उनले प्रधानमन्त्रीका लागि अर्को चुनाव कुर्न र अध्यक्षका लागि महाधिवेशन कुर्न भनिदिए । ओलीले झन् झन् आफूलाई कडा बनाउँदै लगेका छन् ।

चिनियाँ राजदुत होउ याङ्कीको सक्रियतापछि ओली झन् हौसिएका छन् । याङ्कीले २३ असारबाट माधवकुमार नेपाल हुँदै झलनाथ खनाल र आज पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । नेकपा विवाद चुलिमा पुग्दा उनले पार्टी एकतामा जोड दिएको खुलिसकेको छ । तर, उनले ओलीको सरकार ढल्न नदिन भुमिका खेलेको विषय चर्चामा छ ।

यसरी ओली विरोधीलाई गलाउन सक्रिय भइरहँदा प्रचण्डले पनि अडान छाडेका छैनन् । उनी कुनै हालतमा ओलीलाई सहज तरिकाले राजीनामा दिन आग्रह गरिरहेका छन् । यसका लागि पटक पटक गरी तीनपटक स्थायी कमिटी बैठक स्थगित गरेर भएपनि कुरा मिलाउन प्रयास गरिरहेका छन् । तर, आइसब्रेक हुन सकेको छैन ।

यसपटक ओलीले कदम चाल्लान् कि प्रचण्डले हेर्न बाँकी छ । ओली अडान लिन सक्छन् । तर, प्रचण्ड पनि कठोर निर्णय लिनसक्ने नेता हुन् । यसरी नेकपाभित्र ओली र प्रचण्डबीच आइसब्रेकको सम्भावना रहँदा पार्टी दुर्घटनाको सम्भावना उत्तिकै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?