कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
५६ पटक हेरिएको
Shares
कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै

सारांश

  • कञ्चनपुर ।
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ ।
  • निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन् ।

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन् । स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दासँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको जनाइएको छ ।

दैनिक कुकुरको टोकाइबाट रेबिज विरुद्धको सुई लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको सङ्ख्या बढ्दै गएको छ । महाकाली अस्पतालका स्वास्थ्यकर्मीका अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउन आउने बिरामीको सङ्ख्या तीनदेखि पाँच जनासम्म हुने गरेको छ ।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेश जोशीका अनुसार हालसम्म रेबिजका २१ नमूना परीक्षण गरिएकामा तीमध्ये २० नमूनाको नतिजा पोजेटिभ आएको छ । प्रयोगशालामा आएका नमूनामध्ये अधिकांश कञ्चनपुर, कैलालीका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ३, १२, १३, पुर्नवास नगरपालिकाको वडा नं १, लालझाडी गाउँपालिकाको वडा नं ३, कृष्णपुर नरपालिकाको वडा नं १, शुक्लाफाँटा नगरपालिकाको वडा नं १० मा हालसम्म परीक्षण गरिएका नमूनामा रेबिजका जिवाणु फेला परेको छ ।

यसैगरी कैलालीको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकाबाट प्राप्त नमूनामा रेबिजका जिवाणु फेला परेको उनले बताए । “रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमबाट यो रोग सर्ने गर्दछ”, उनले भने, “रेबिज रोगको जिवाणुले स्नायु प्रणालीमा असर गर्दछ ।”

अधिकांश व्यक्तिमा रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ । कुकुरसँंगै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरोलगायतका जनावरको टोकाइबाट रेबिज सर्ने गर्दछ । रेबिजका लक्षण देखिएका रोगीको उपचार सम्भव नहुने चिकित्सक जोशीको भनाइ छ । “यो रोग शतप्रतिशत प्राणघातक रोग हो”, उनले भने, “यसको भरपर्दो उपचार पद्धति अहिलेसम्म विकसित भएको छैन ।”

रेबिज रोकथाम गर्न पशु चिकित्सकको सिफारिसअनुसार घरपालुवा कुकुर र बिरालोलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने उनको सुझाव छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा पानसिंह ठगुन्नाले हालसम्म कञ्चनपुरमा २० बढी घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण देखापरेको बताए ।

“हिजोमात्रै कृष्णपुर नगरपालिकाको वडा नं २ मा मरेको स्यालको नमूना परीक्षण गर्दा रेबिजको सङ्क्रमण देखापरेको छ”, उनले भने, “पहिला कुकुरले टोकेरमात्रै रेबिज सरेको पाइने गरेको थियो, हाल बहुलाएको स्यालले स्थानीय बासिन्दाका गोठमा बाँधेका घरपालुवा जनावरलाई टोकेर रेबिज सार्ने गरेको पाइएको छ ।”

स्याललले घरपालुवा जनावरको मुखमै टोक्ने भएकाले रेबिज सर्ने सम्भावना शतप्रतिशत हुने गरेको उनको भनाइ छ । स्याल, कुकुरलगायतले टोकेका घरपालुवा जनावरलाई भ्याक्सिन लगाउने कार्य हँुदै आएको उनले बताए ।

“रेबिजको जोखिम बढ्न थालेपछि छाडा कुकुरलाई नियन्त्रण गर्न स्थानीय तहसँंग छलफल कार्यक्रमलाई अगाडि बढाउने योजना बनाएका छौँ”, उनले भने, “छाडा कुकुर नियन्त्रण गर्न परिवार नियोजन गर्ने र घरपालुवा कुकुरलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने हुन्छ, त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउनका लागि स्थानीय तहलाई गुहार्दैछौँं, प्राविधिक सेवा विज्ञ केन्द्रबाट उपलब्ध गराउँछौँ ।” स्थानीय तहको स्वीकृतिमा दर्ता गरेरमात्रै कुकुर पाल्न पाइने नियम लागू गरिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै
बालुवाटार बैठक सकिएलगत्तै कांग्रेसका प्रभावशाली नेताले दिए एमालेका लागि खुसीको खबर !
बालुवाटार बैठक सकिएलगत्तै कांग्रेसका प्रभावशाली नेताले दिए एमालेका लागि खुसीको खबर !
गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो
गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो
मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण
मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण
प्रभावशाली सैन्य कमाण्डरको हत्या प्रयास
प्रभावशाली सैन्य कमाण्डरको हत्या प्रयास
२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
जेठ २ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको शुभ अंक
सलमानलाई सार्वजनिक स्थानमा कुट्नेलाई २ लाख
सलमानलाई सार्वजनिक स्थानमा कुट्नेलाई २ लाख

तपाईंले छुटाउनुभयो कि?