कपिलवस्तुमा समानुपातिकतर्फ एमालेलाई कांग्रेसले २९८ मतले जित्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २८, २०७४
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • कपिलवस्तु, मंसिर २८ – समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्य तर्फ कपिलवस्तुमा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।
  • प्रतिनिधिसभा क्षेत्र नम्बर १, २ र ३ मा खसेको कुल मतमध्ये नेपाली कांग्रेसले नेकपा एमाले भन्दा २ सय ९८ बढी मत प्राप्त गरेको छ ।
  • जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले ६१ हजार २ सय ९२ मत प्राप्त गरेको छ ।

कपिलवस्तु, मंसिर २८ – समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्य तर्फ कपिलवस्तुमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १, २ र ३ मा खसेको कुल मतमध्ये नेपाली कांग्रेसले नेकपा एमाले भन्दा २ सय ९८ बढी मत प्राप्त गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले ६१ हजार २ सय ९२ मत प्राप्त गरेको छ । यसैगरी नेकपा एमालेले ६० हजार ९ सय ९४ मत प्राप्त गरेको छ । यसैगरी राष्ट्रिय जनता पार्टी नेपालले २१ हजार ९ सय ६७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संघीय समाजवादी फोरम नेपालले १८ हजार ६ सय ६६ मत प्राप्त गरी जिल्लामा चौथो स्थान बनाएको छ । नेकपा माओवादी केन्द्र १० हजार ८ सय मत प्राप्त गरी जिल्लामा पाँचौ स्थानमा देखिएको छ ।

प्रत्यक्ष चुनाव अन्तर्गत प्रतिनिधि भा क्षेत्र नम्बर १ मा वाम गठवन्धनबाट माओवादी केन्द्र, क्षेत्र नम्बर २ मा वाम गठवन्धनबाटै नेकपा एमाले र क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै वाम गठवन्धनका तर्फबाट नेकपा एमालेका ४ जना, नेपाली कांग्रेसका १ जना र संघीय समाजवादी फोरमका १ जना प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

समानुपातिकतर्फ जिल्लामा २ लाख ३० हजार ९२ मत खसेको थियो । जसमध्ये २९ हजार ८ सय ९५ मत बदर भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर २ मा एमाले र ३ मा कांग्रेसको यस्तो छ अग्रता
ललितपुर २ मा एमाले र ३ मा कांग्रेसको यस्तो छ अग्रता
एमाले मेयर उम्मेदवारको घरमा बम,  कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
एमाले मेयर उम्मेदवारको घरमा बम, कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने
रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
मार्च १० मा सलमान खान नेपाल आउने
मार्च १० मा सलमान खान नेपाल आउने
सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने
सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा

तपाईंले छुटाउनुभयो कि?