कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले गतबर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेकाले यसपालि कर्णालीलाई प्राथमिकतामा राखिने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले गतबर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेकाले यसपालि कर्णालीलाई प्राथमिकतामा राखिने बताए ।

“गतवर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्यो क्रम दाहोरिदैन” प्रधानमन्त्रीले भने, “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्छ ।”

प्रधानमन्त्री ओलीले जनसंख्याका आधारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको स्पष्ट पारे । “कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ” प्रधानमन्त्रीको भनाइ छ, “यस भूगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मुल प्रवाहमा ल्याउनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरुको विवरण बैसाखको पहिलो हप्ताभित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन सांसदहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण
पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण
नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित
नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा
कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा
नेपाल किन विकास भएन रु यसो भन्छिन् मन्त्री थापा
नेपाल किन विकास भएन रु यसो भन्छिन् मन्त्री थापा
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
सुरक्षाकर्मीहरुको पनि उच्च सुरक्षा,ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु
सुरक्षाकर्मीहरुको पनि उच्च सुरक्षा,ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु
अबका चुनावहरुमा एमालेले कांग्रेसलाई पछि पार्ने खतरा : पौडेल
अबका चुनावहरुमा एमालेले कांग्रेसलाई पछि पार्ने खतरा : पौडेल
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं