कर्णाली प्रदेशको चौथो क्याबिनेट बैठक प्रधानमन्त्रीसँगै रारामा
सारांश
- काठमाडौं, २१ चैत ।
- कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को चौथो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा रारामा बस्ने भएको छ ।
- मन्त्रिपरिषद्को तेस्रो बैठकले विभिन्न विधेयकहरुको मस्यौदा स्वीकृत गर्नुका साथै आगामी बैठक रारामा गर्ने ठेगान गरेको हो ।
काठमाडौं, २१ चैत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को चौथो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा रारामा बस्ने भएको छ । मन्त्रिपरिषद्को तेस्रो बैठकले विभिन्न विधेयकहरुको मस्यौदा स्वीकृत गर्नुका साथै आगामी बैठक रारामा गर्ने ठेगान गरेको हो ।
तेस्रो बैठकले २ वटा विधेयकको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको मुख्य न्यायाधिवक्ताको पारिश्रमिक, सुविधा र सेवाका शर्तहरुसम्बन्धी विधेयकको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।
त्यसैगरी बैठकले सामाजिक विकास मन्त्रालयद्वारा पेश गरिएको संघसंस्था नियमन गर्न बनेको विधेयकको मस्यौदा स्वीकृत गरेको छ । क्याविनेट बैठकद्धारा स्वीकृत दुबै विधेयकका मस्यौदाहरु विधेयक समितिको बैठकमा पेश गरिने छन् ।
प्रतिक्रिया