कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
५० पटक हेरिएको
Shares
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा

सारांश

  • जाजरकोट, २६ वैशाख,यहाँको नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन् ।
  • नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
  • अब यहाँका सबै कर्मचारी तथा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा भर्ना भएर पढ्ने नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

जाजरकोट, २६ वैशाख,यहाँको नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन् ।

नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । अब यहाँका सबै कर्मचारी तथा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा भर्ना भएर पढ्ने नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

नलगाड नगरपालिकाका अधिकांश शिक्षक र कर्मचारीका छोराछोरी महँगा निजी विद्यालयमा भर्ना गरी पढिरहेका छन् । नगरपालिकाले सबै विद्यालयमा पत्राचार गरी छिटो भर्ना गर्न अनुरोध गरेको छ । हुनेखानेले निजी र गरीबले मात्र सरकारीमा पनि धौधौ गरी पढाउने समस्यालाई हल गर्न यस्तो नीति अवलम्बन गरिएको हो ।

शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिने रावलले बताउनुभयो । शिक्षकले सरकारी विद्यालयमा पढाउने, तर सरकारीबाट कमाएको रकमबाट आफ्ना छोराछोरी निजीमा पढाउने कार्यले सरकारी विद्यालयप्रति विश्वास घटेको उहाँको भनाइ छ ।

अधिकांश शिक्षकका छोराछोरी निजीमा पढाउने तर परीक्षा सरकारी विद्यालयमा ल्याएर गराउँदा सरकारी विद्यालयमा पढ्ने बालबालिकाको मनोबल कमजोर हुने भएकाले यसको अन्त्य गरिने रावलको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन
प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन
चीनबाट फागुन ३ मा नेपाली ल्याइने
चीनबाट फागुन ३ मा नेपाली ल्याइने
युवा संघद्वारा मधेसमा ३० लाखको राहत वितरण, पीडितले भने- हाम्रो रोजाई एमाले
युवा संघद्वारा मधेसमा ३० लाखको राहत वितरण, पीडितले भने- हाम्रो रोजाई एमाले
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
नयाँ नक्साले बढाउँदै छ हिन्द-प्रशान्त क्षेत्रमा तनाव
नयाँ नक्साले बढाउँदै छ हिन्द-प्रशान्त क्षेत्रमा तनाव
विद्यालयमा विद्यार्थीहरूलाई महिलाहरूको नग्न तस्वीर देखाएपछि बबाल
विद्यालयमा विद्यार्थीहरूलाई महिलाहरूको नग्न तस्वीर देखाएपछि बबाल
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
पूर्वमन्त्री पाण्डेसहित यी २१ जना परे अख्तियारको फन्दामा, नाम सूचिसहित
पूर्वमन्त्री पाण्डेसहित यी २१ जना परे अख्तियारको फन्दामा, नाम सूचिसहित
जेलमा सापटी लिएको एक हजार फिर्ता नगर्दा हत्या
जेलमा सापटी लिएको एक हजार फिर्ता नगर्दा हत्या
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी
महानगरको २६ र २९ नं वडामा एमालेको प्यानल विजयी

तपाईंले छुटाउनुभयो कि?