कहाँ कहाँ राखिदै छ प्रदेश नम्बर ४ का मन्त्रालयहरु ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ३, २०७४
|
|
३८ पटक हेरिएको
Shares
कहाँ कहाँ राखिदै छ प्रदेश नम्बर ४ का मन्त्रालयहरु ?

सारांश

  • प्रदेश नम्बर ४ का मन्त्रालय कहाँ कहाँ ?
  • याे प्रश्नकाे अातुरकताका साथ उत्तर खाेज्न चाहनेहरू धेरै छन् ।
  • सर्बसम्मत रुपमा यस अघिनै प्रदेश नम्बर ४ को राजधानीको रुपमा छनोट भएको पोखरामा प्रदेशसभा भवन, प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, १२ मन्त्रालयका कार्यालयसँगै निवासका लागि भवन पनि छनोट गरिसकिएको छ ।

प्रदेश नम्बर ४ का मन्त्रालय कहाँ कहाँ ? याे प्रश्नकाे अातुरकताका साथ उत्तर खाेज्न चाहनेहरू धेरै छन् । सर्बसम्मत रुपमा यस अघिनै प्रदेश नम्बर ४ को राजधानीको रुपमा छनोट भएको पोखरामा प्रदेशसभा भवन, प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, १२ मन्त्रालयका कार्यालयसँगै निवासका लागि भवन पनि छनोट गरिसकिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखराका सह क्षेत्रिय प्रशासक बाबुराम गौतमको संयोजकत्वमा गठित कार्यादलले कार्यालयसँगै निवासका लागि पोखरामा रहेका विभिन्न कार्यालयहरु छनोट गरि केन्द्रमा सिफरिस गरेको कास्कीका प्रमुुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

टोलीले पोखरा नदिपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा प्रदेश सभा र प्रदेश सभाको सचिवालय, क्षेत्रीय प्रशासन कार्यालय बा अध्यागमन कार्यालय मध्ये एकमा प्रदेश प्रमुखको कार्यालय, क्षेत्रीय प्रशासकको क्बाटरमा प्रदेश प्रमुखको निवास, जिल्ला समन्वय समितिको भवनमा मुख्यमन्त्रीको कार्यालय सगै मन्त्रिपरिषदको बैठक स्थल, पूर्वराजपरिबारले प्रयोग गरेको बैदामस्थित हिमागृहलाई मुख्यमन्त्रीको निवास, पोखरा डेमसाईड स्थित पर्यटन कार्यालयको नयाँ भवनमा सभामुखको निवास, एयरपोर्टस्थित तारागाँउ रिसोर्टमा उपसभामुखको निवास बनाउने गरि केन्द्रमा सिफारिस गरेको छ । टोलीले हिमागृहलाई मुख्यमन्त्रीको आवासका लागि प्रस्ताव गरेपनि पोखरामा त्यसको विरोध सुरु भएको छ ।

यसैगरी, मन्त्रालयहरुको लािग भू–संरक्षण कार्यालयमा प्रदेश मन्त्रिपरिषदको मुख्य सचिवको निवास, क्षेत्रीय वन निदेशनालय, क्षेत्रीय शिक्षा निर्दशनालय, खानेपानी तथा ढल निकास विभाग, क्षेत्रीय अनुगमन तथा सुपरिभेक्षण कार्यालय, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, क्षेत्रीय हुलाक निर्देशनालय, क्षेत्रीय सडक निर्देशनालय बा सडक डिभिजन कार्यालय, क्षेत्रीय सिंचाई निर्देशनालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, क्षेत्रीय माटो परिक्षण प्रयोगशाला, ४ नम्बर प्रदेश प्रहरी कार्यालयको भवन र शहरी बिकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय कास्कीमा बिभिन्न मन्त्रालय राख्न सिफरिस गरिएको छ । प्रदेश सभाको अन्तिम मतपरिणाम आएको २० दिनभित्र प्रदेशप्रमुखले प्रदेशसभाको अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नयाँ पत्रीका दैनिक बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
माघ १९ गते आइतबारको राशिफल यस्तो छ
माघ १९ गते आइतबारको राशिफल यस्तो छ
भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक (भिडियोसहित )
भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक (भिडियोसहित )
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
देउवाद्धारा काग्रेसको केन्द्रीय सदस्यमा १० जना मनोनित
देउवाद्धारा काग्रेसको केन्द्रीय सदस्यमा १० जना मनोनित
झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ
झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ
राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा दिइने घोषणा
राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा दिइने घोषणा
विपन्न विद्यार्थी कोषमा रु एक लाख सहयोग
विपन्न विद्यार्थी कोषमा रु एक लाख सहयोग
गुल्मीको ६ वटै निर्वाचन क्षेत्रबाट आयो पछिल्लो अपडेट
गुल्मीको ६ वटै निर्वाचन क्षेत्रबाट आयो पछिल्लो अपडेट