काँग्रेस महासचिव प्रियंकाद्धारा गंगायात्रा सुरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
काँग्रेस महासचिव प्रियंकाद्धारा गंगायात्रा सुरु

सारांश

  • प्रयागराज, भारत, ४ चैत (रासस÷एएनआई) : भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गर्नुभएको छ ।
  • उत्तर प्रदेशको मँैयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उहाँले तीन दिने यात्रा सुरु गर्नुभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
  • उहाँको यात्रा काशीसम्म हुनेछ ।

प्रयागराज, भारत, ४ चैत (रासस÷एएनआई) : भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गर्नुभएको छ ।

उत्तर प्रदेशको मँैयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उहाँले तीन दिने यात्रा सुरु गर्नुभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँको यात्रा काशीसम्म हुनेछ ।

“गंगा मैयाले हामीलाई आर्शिवाद दिनुहुने छ, उहाँ धेरै दयालु हुनुहुन्छ,” महासचिव प्रियंकाले पत्रकारहरुसँग भन्नुभयो ।

उहाँले गंगा यात्राको पहिलो दिन बादे हनुमान जी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरुसँग यात्रा गर्नु भएको छ । यात्राका क्रममा उहाँ डुम्डामाघाट, सिर्साघाट, लोकशाग्रिहघाट र सीतामार्हीघाट लगायतका ठाउँमा रोक्दै जानुहुनेभएको छ ।

उहाँको साथमा पार्टी प्रवक्ता अखिलेश प्रताप सिंह, विधान सभा सदस्य आरधाना मिश्र, संघीधावित्रि बै फुले र केही विद्यार्थीहरु सहभागी भएका छन् ।

फुले सन् २०१४ को निर्वाचनबाट लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीबाट निर्वाचित हुनुभएको थियो । उहाँ अहिले भने काँग्रेस पार्टीमा हुनुहुन्छ । यही मार्च २ तारिखका दिन उहाँ काँग्रेस प्रवेश गर्नु भएको हो ।

गान्धीको यो यात्रालाई जनताका बीचमा जाने माध्यमका रुपमा लिइएको छ । आम नागरिकलाई राजनीतिक नेताहरुले प्राथमिकता नदिने गरेको भन्दै उहाँले जनतासँग संवाद गर्ने बताउनु भएको छ ।
भ्रमणका क्रममा उहाँले माझी र नदिका छेउछाउमा रहेका नागरिकसँग अन्तरक्रिया गर्नुहुने भएको छ ।
“यो एक पक्षीय मन्तव्य सुनाउने यात्रा हुनेछैन, जनतासँग दोहोरो छलफल र वार्ता हुनेछ,” उत्तर प्रदेशका काँग्रेस अध्यक्ष राज बाब्बारले ट्वीटरमा लेख्नु भएको छ ।

यात्रामा आम नागरिकसँगको संवादलाई प्राथमिकता दिइएकाले “साच्ची वात, प्रियंकाके साथ” भन्ने नारा तय गरिएको छ ।

स्टीमर डुङ्गाबाट हुने उहाँको यो यात्रा झण्डै १४० किलोमिटर लामो हुने नेताहरुले बताएका छन् । भारतको उत्तर प्रदेशमा आगामी अप्रिल ११ देखि मे २३ सम्म विभिन्न चरणमा मतदान हुने तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाल केसीमयः एमाले-माओवादी नेताद्वारा पक्राउको विरोध
सामाजिक सञ्जाल केसीमयः एमाले-माओवादी नेताद्वारा पक्राउको विरोध
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
आफै खनेको खाल्डोमा कानुनमन्त्री तामाङ, राजीनामा दिने तयारीमा
आफै खनेको खाल्डोमा कानुनमन्त्री तामाङ, राजीनामा दिने तयारीमा
उदयपुरमा पनि मनाईयो आदिवासी दिवस
उदयपुरमा पनि मनाईयो आदिवासी दिवस
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
यी हुन् प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार पोष्ट गर्ने हरिप्रसाद मानन्धर
यी हुन् प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार पोष्ट गर्ने हरिप्रसाद मानन्धर
TUTH completes a decade of kidney transplantation service
TUTH completes a decade of kidney transplantation service
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर
फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी
फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

तपाईंले छुटाउनुभयो कि?