काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ?

सारांश

  • काठमाण्डौ, १९ भदाै ।
  • काठमाण्डौ महानगरपालिकाले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै बारम्बार आलोचना भइरहेको छ ।
  • अस्तव्यस्त सडक र जताततै फोहोर थुप्रिदा जनताले सास्ती भोग्नु परेको आमगुनासो छ ।

काठमाण्डौ, १९ भदाै । काठमाण्डौ महानगरपालिकाले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै बारम्बार आलोचना भइरहेको छ । अस्तव्यस्त सडक र जताततै फोहोर थुप्रिदा जनताले सास्ती भोग्नु परेको आमगुनासो छ । तर, महानगर भने जनताका पीडा नदेखेझैं, नसुनेझैं लाचार छ । चुनावअघि गरेका गुलिया भाषणा बिर्सेका जनप्रतिनिधिले अरु त परै जाओस् राजधानीमा यत्रतत्र थुप्रिएका दुर्ग्न्धित फोहोरका थुप्रा समेत देखेका छैनन् ।

कती जोड जोड्को आवाजमा बाँडिएका थिए काठमाडौका गल्लिगल्लिमा स्मार्ट सिटीका सपना । तर, यो अहिले होइन चुनाव अघिको आवाज हो । लथालिङग फोहोरका थुप्रा, पानी आउँदा हिलो भएर हिंड्नै नसकिने, घाम लाग्दा धुलोको सास्ती । के यीनै हुन स्मार्ट सिटीका विशेषता ?भर्खरैमात्र बिम्स्टेकको सम्मेलन भव्य रुपमा सम्पन्न भयो , छ वटा देशका राष्ट्र तथा सरकारप्रमुख नेपाल आए । दुईदिन आउने ति पाहुना हिंड्ने सडक दुलहीझैं सिँगारिए तर, यहीं बस्ने यही शहरमा नंग्रा खियाउने र देश भनेर माया गर्ने जनताको कहर उस्तै छ । शहर राजधानी जस्तो छैन, जताततै फोहोर थुप्रिएका छन् । तर, महानगर भने निजी क्षेत्रलाई फोहोर उठाउन जिम्मा दिएको गैरजिम्मेवार जवाफ दिन्छ । फोहोर व्यवस्थापन गर्ने कुन कम्पनीलाई दिइएको हो भन्ने समेत महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीलाई थाहा छैन ।

बाहिर टलक्क टल्किएको राजधानी भित्र भने कोतरिएको छ । बहिरी आवरण मात्र सुन्दर छ तर भित्री गुदी भने फोहोर जस्तै गन्हाएको छ । जसले गर्दा फोहोरको डङगुरबाट रोग पो फैलिने होकी भन्ने आशंका लिएर हिँड्नुपरेको छ । हिलाम्मे भएका भित्री सडकमा लडिन्छ कि भनेर डराउन पर्ने अवस्था छ । आफु बसोबास गर्ने वडा र महानगरमा बारम्बार पत्राचार गर्दापनि गुनासो नसुनेको सर्वसाधारणको गुनासो छ । भित्री सडकको सुधारको प्रश्न गर्दा गाडी तथा यात्रुको चाप हुने ठाउमा मर्मत सम्भार गर्दै छौ भनेर बनावटी जवाफ दिन्छन् , के भित्री सडक आसपासमा जनता बस्दैनन् ? के मनसुन मुख्य सडकलाई मात्र लाग्छ ? पीडा र प्रश्नले भरिएका छन् महानगरवासी ।

खानेपानी र ढलको काम सकिएपछी कालोपत्रे गर्ने जवाफ महानगरले दिएको छ । खानेपानी र ढलको काम पनि कहिले सकिन्छ भन्ने जवाफ कसैसँग छैन । फेरी मेलम्चीको कारण पनि देखाउलान् । जनप्रतिनिधि गैरजिम्मेवारी हुनु, कर्मचारीतन्त्र बेखबर हुनु र कुनै निकाय जनतासँग जवाफदेही नुहुनुको पीडा महानगरवासीले भोगेका छन् । सरकारको सम्वृद्ध नेपालमा महानगरवासीले कम्तिमा फोहोर त उठाइदेउ भनेर कतिञ्जेल हाहाकार गर्ने ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कति छ आज विदेशी मुद्राको विनिमयदर ?
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
प्रेमी-प्रेमिकाबीच ३७ सेकेन्डमा नै ब्रेकअप गराइदिने ‘एप’
प्रेमी-प्रेमिकाबीच ३७ सेकेन्डमा नै ब्रेकअप गराइदिने ‘एप’
निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने : अध्यक्ष थापा
निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने : अध्यक्ष थापा
सेनाको भूमिका स्वर्णीम पानामा लेखिन्छ : प्रधानमन्त्री ओली
सेनाको भूमिका स्वर्णीम पानामा लेखिन्छ : प्रधानमन्त्री ओली
प्रचण्डका ज्वाइँ र बुहारी ,देउवाकी श्रीमती र ओलीका सालो चुनावी मैदानमा !
प्रचण्डका ज्वाइँ र बुहारी ,देउवाकी श्रीमती र ओलीका सालो चुनावी मैदानमा !
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसी पक्राउ, ३५ तोला सुन र २५ लाख नगद बरामद
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसी पक्राउ, ३५ तोला सुन र २५ लाख नगद बरामद
सांसदले कार्यकर्तालाई साइकल बाँड्नेदेखि योग शिविरसम्मका काममा बजेट खर्च
सांसदले कार्यकर्तालाई साइकल बाँड्नेदेखि योग शिविरसम्मका काममा बजेट खर्च
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष