बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ७, २०८०
|
|
४६ पटक हेरिएको
Shares
बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

सारांश

  • मनहरी ।
  • मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ ।
  • प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने भएका छन् ।

मनहरी । मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने भएका छन् ।

परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिका–५ पिप्ले क्याम्पा रङ्गशालामा गर्ने तय भएको छ । प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारीलगायत हेटौँडा आइसकेका छन् । प्रतियोगितामा १३ खेल समावेश गरिएका छन् । उसु, जुडो र पौडी खेल काठमाडौँ तथा ललितपुरमा खेलाइने छन् ।

यस्तै,क्रिकेट चितवनमा खेलाइने सदस्य सचिव भण्डारीले बताए । फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने छन् । प्रतियोगितामा एक हजार ७५ महिला र एक हजार चार सय २७ पुरुष खेलाडी सहभागी हुँदैछन् । यस्तै एक सय ७३ प्रशिक्षक, एक ४२ व्यवस्थापक, दुई सय ७६ निर्णायकलगायत प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?