कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १३, २०७४
|
२
|
४८ पटक हेरिएको
Shares
कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश

सारांश

  • काठमाडौँ, १३ फागुन , सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ ।
  • प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो ।
  • प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गर्नुभएको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आदेश दिएको हो ।

काठमाडौँ, १३ फागुन , सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो ।

प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गर्नुभएको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आदेश दिएको हो ।

आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको छ ।

साथै, आदेशमा कान्तिपुरले पत्रकार आचारसंहिताको पालना गरे÷नगरेको अध्ययन गरी कानूनसम्मत कारबाही गर्न प्रेस काउन्सिल नेपालका नाममा पनि अन्तरिम आदेशसमेत दिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Jayaram Bhandari

    अाफ्नै मुद्दामा अाँफैले अादेश गर्न मिलेछ ?

    Comment Author

    Bhavishwor Pandey

    Tapaiharujasta lai kasale shree man banayo katikhuwayara hunubhako ho afano mudda ko peshi afai tokane kasto kanunho .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?